२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुखमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार १५:४२

मङ्सिर २६, सुनसरी | नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ । 

सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो । 

कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासङ्घका सुनसरी सचिव हिमाल दाहालले बताउनुभयो । उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । 

धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरुले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुख काफ्लेले ढिलो आएको तथा सिधा कुरा जनतासँगको कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरेको भन्दै कुटपिट गरेका हुन् । 

सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको रु आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यसैबीच पत्रकार महासङ्घ सुनसरीले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनामा दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । कार्यक्रममा ढिलो उपस्थिति भएकामा कुटपिट गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको महासङ्घका सुनसरी सचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते