२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुखमाथि कुटपिट

२६ मंसिर २०७६, बिहीबार १५:४२

मङ्सिर २६, सुनसरी | नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ । 

सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो । 

कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासङ्घका सुनसरी सचिव हिमाल दाहालले बताउनुभयो । उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । 

धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरुले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुख काफ्लेले ढिलो आएको तथा सिधा कुरा जनतासँगको कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरेको भन्दै कुटपिट गरेका हुन् । 

सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको रु आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यसैबीच पत्रकार महासङ्घ सुनसरीले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनामा दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । कार्यक्रममा ढिलो उपस्थिति भएकामा कुटपिट गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको महासङ्घका सुनसरी सचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य