२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा हिमपात कृषक खुशी, व्यापारी चिन्तित (फोटो फिचर)

२०७६, २८ मंसिर शनिबार १०:०३

दान बहादुर बुढा | मङ्सिर २८, मुगु | बिहिबार रातीदेखि जिल्लाका उच्च हिमाली बस्तीहरु र शुक्रबार रातिदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषकहरु खुशी भएका छन् भने व्यापारीहरु चिन्तित भएका छन् ।

समय अनुसार मङ्सिर मध्यतिरबाट हिमपात हुन पर्नेमा यो बर्ष मङ्सिर अन्तिम सकिन लाग्दा हिमपानी र हिमपात नभएपछि खेत गह्रामा लगाएका हिउदे अन्न-बालीहरु सुक्ने भए भन्दै किसानहरु चिन्तित भएका थिए । तर सुक्रबार रातिदेखि हिमपात हुन थालेपछि यहाँका कृषकहरु हर्षित भएका छन् ।


गत कार्तिक महिनामा लगाएको हिउदे गहु, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगार्हामै सुक्न थालेका थिए । यो बर्ष हिउदे बाली उत्पादन नहुने भयो भनेर आश मारिसकेकाका थियौं तर एक्कासी हिजोरातिदेखि पानी र हिउ पर्न थालेकाले हिउदे बाली उत्पादनमा वृद्धि हुने आश पलाएको छाँयानाथ रारा नगरपलिका वडा नं १० का कृषक बगलीबहादुर बुढाले बताएका छन् । 

सोही नगरपालिका वडा नं ५ का नरबिर दमाई अहिले परेको हिउ र पानीले अन्न वाली मात्र नसपारेर सुख्खा मौषमले फैलन सक्ने रोग पनि रोक्ने र बर्षे बालीहरु लगाउन खेत गह्रा खनजोत गर्न सजिलो पार्ने भएकाले पनि आफुहरु खुशी भएको बताउछन् ।


बुढा र दमाई मात्र होईन २ दिन यता परेको हिमपातले जिल्लाभरीका कृषकहरु खुशी भएका छन् । हिउद काम महिनाहरु सकिन लाग्दा पनि हिउ र पानी नपरेपछि हिउदे बालीको आश किसानहरुले मारिसकेका थिए भने बर्षे बाली कसरी लगाउने हो भनेर चिन्तित भएका थिए । हिमपात भएसँगै माघ महिनाको मध्यबाट बर्षे बालीहरु कोदो, पाखेधान, मकै, आलु, सिमी, लगाउन शुरु गर्ने कृषकहरु बताउछन् ।


हिमपातले कृषकहरुमा खुशीयाली ल्याएपनि यहाँका व्यापारीहरु भने धेरै हिउ परि हाल्छ की भनेर चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानीका साधन बन्ध हुन्छन् की भनेर व्यापारी चिन्तित भएका हुन् । मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताएका छन । उनले कृषक र व्यापारी दुवैलाई खुशीपार्ने गरि हिउ परे हुने आशा राखेको बताए । मुगु लगाएत हुम्ला जिल्लाको तल्लो भेगसम्म कर्णाली राजमार्ग अन्तरगत नाग्म गमगढी सडक भएर व्यापारी सामान आउने भएकाले बढी हिमपात भएमा कच्चि सडक विग्रने र घुच्ची लेखले बाटो बन्द गरिदिने भएकाले लामै समयसम्म सडक बन्द भएर दैनिक उपभोग्य तथा अन्य सामान जिल्लामा अभाव हुन्छ की भनेर व्यापारीहरु चिन्तित भएको उहाँ बताउनु हुन्छ । 


हिपातले गर्दा मुगुबाट बाहिर जाने १ दर्जन यात्रु तथा मालवाहक गाडीहरु सदरमुकाम गमगढीमै र मुगु आउने २ दर्जन गाडीहरु बुलबुले, घुच्ची सातमोडमा रोकिएको बताउछन् । उता खत्याड गाँउपालिका जाने सडक पनि हिमपातले अवरुद्ध  भएपछी गाडीहरु गोठीजिउलामा रोकीएको छायानाथ यातायत प्रालिका अध्यक्ष नवराज चौलागाईले बताएका छन ।

बिहिबार रातिबाट परेको हिउँ पानिले  जिल्लाका उच्च हिमाली क्षेत्रहरु मुगु कार्मारोङ्ग गाँउपालिकाका ९ वटै वडाहरु छाँयानाथ रारा नगरपालिकाका रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाँउपालिकाका जोगीलेख, चाकपाडे, गम्था सेरी र सोरु गाँउपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा  हिउ जमेको खबर आएको छ ।


लगातार हिउ र पानि पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्रहीहरु जिल्ला सदरमुकाममा नआउदा सदरमुकाम सुनसान जस्तो भएको थियो । यसै विच हिमपातको कारणले जिउधनको क्षेती नहोसभनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो कपडा लगाउन, सकभर घर बाहिर ननिस्कन र केही घटना भईहाले जतीसक्दो छिटो प्रहरी प्रसनमा खबर गर्न सुचना जारी गरेको प्रमुख जिल्लाअधिकारी उमाकान्त अधिकारीले बताए ।


सदरकाम गमगढी बजारमा ४ ईन्चसम्म हिउँ परेको छ भने हिउ पर्दा पशु चौपायलाई चरि-चराउको लागी समस्या भएको छ, बालबच्चा बुढा बुढीहरुलाई आवत जावतमा समस्या भएको छ । जिल्ला सदरमुकाम गमगढीको तापक्रम माईनस ७ डिग्रिमा झरेको गमगढी  हावापानी केन्द्रले बताएको छ ।

कृषि बिकास कार्यालय मुगुका अनुसार यो बर्ष समयमा नै हिउँ पानि परेको हुँदा यो बर्ष हिउदे बालिको उत्पादनमा राम्रो हुने निमित्त कार्यालय प्रमुख पन्चलाल बुढाले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने