2026-07-25 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भ्रमण वर्ष सफल पार्न अन्तरक्रिया

पर्वत । नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारको आन्तरीक भ्रमण वर्षलाई सफल पार्नको लागि पत्रकारसँग गण्डकी प्रदेश सरकारले अन्तरक्रिया गरेको छ । भ्रमण वर्ष सफल बनाउन पत्रकारको भूमिका विषयमा पर्वतमा रहेका कृयाशिल पत्रकारसँग गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सहभागीहरुले पर्वतको पहिचान झल्कने गरि भ्रमण वर्षलाई लक्षित गरी स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लामा आउने पर्टकहरुको तथ्याङ्क संकलन अझसम्म कुनै पनि निकायले नगरेको भन्दै सरोकारवालाहरुले गुनासो समेत गरेका छन् ।

जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक महत्वका स्थलहरुको पहिचान झल्कने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको पत्रकारहरुले सुझाब दिएका छन् । दक्षिण एसियाकै दोस्रो ठूलो बन्जी जम्प, स्काई साइकिलिङ, अग्ला र लामा चार झोलुङ्गे पुल, गुप्तेश्वर, अल्पेश्वर, लालेश्वर, पार्वती गुफा, मल्लाज दरबार, हम्पालको लेक, डहरेको लेक, कालाञ्जार पर्वत, र्पैयूँकोट, दुर्लुङकोट, एसियाकै ठूलो महाशिला, एसियाकै ठूलो शालिग्राम शिला लगायतको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रचार गर्न आवश्यक रहेको पत्रकारले सुझाब दिएका छन् ।  धार्मिक तथा पर्यटकीय क्षेत्रहरु धेरै पनि त्यस स्थलसम्म पुग्नको लागि आवश्यक भौतिक पूर्वधारको विकास पूर्णरुपमा भइनसकेको र आवश्यक होटलहरुको अभावका कारण पर्वत ओझेलमा परेको भन्दै सचेतना अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक