२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

वडा अध्यक्ष खड्का सहित नौ जना ५ लाख ७५ हजार धरौटीमा रिहा

२०७६, ५ पुष शनिबार १२:३९

सम्राट सिंह | पुष ५, बझाङ | ज्यान मार्ने उद्योगमा मुद्धा खेपीरहेका वडा अध्यक्ष सहित ९ जना धरौटीमा रिहा भएका छन । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडका सहित ९ जना शुक्रबार ५ लाख ७५ हजार रुपियाँ मा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा भएका हुन ।

खड्का लगायत ९ जनाको समुहले सोही वडा घर भएका ७६ बर्षिय बृद्ध डबल बहादुर खडका र निर्मला खडकालाई कुटपिट गरी सक्त घाइते बनाएको भन्दै बृद्ध डबल बहादुर खड्काका छोरा त्रिभुवन खडकाले कार्तिक ६ गते ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्धा दर्ता गराएका थिए ।

मुद्धा परेपछि खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तिलक खडका, ओमजंग खडका, बसन्त खडका, जंग खडका, एकेन्द्र खडका, सन्तोष खडका, भरत थापा, दिपक खडका, किरण खड्का गरी ९ जना मंसिर ११ गते जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बमले जानकारी दिए । आरोपी प्रहरी सम्पर्कमा आएपछि २३ दिनसम्म अनुसन्धान गरी जिल्ला अदालत पठाएको उनको भनाइ छ ।

कुटपिटबाट बुबाको दुवै खुट्टा भाँचिएका छन घाइतेका छोरा तिलक खड्काले भने खुट्टा टेक्ने अवस्था नभएपछि लामो समयदेखि देखि काठमाडौको विएण्डबी अस्पताल मा उपचार भइरहेको छ । 

जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपश्चात वडा अध्यक्ष तिलक खडकाले शनिबार चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको जानकारी दिएका छन । पत्रकारमा सम्मेलनमा उनले घाइते डबल बहादुर खडका मदिरा सेवन गरी लडेको र आफुहरुलाई परिबन्धमा फसाइएको बताएका छन । 

माथिको तश्वीरमाः जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपछि शनिबार पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष तिलक खड्का 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने