२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बहस हुँदै

८ पुष २०७६, मंगलवार ०३:२६

पुष ८, बागलुङ | ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी  सहभागी हुनेछन् 

जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर गुरुङले मुख्य वक्ताका रुपमा भाग लिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।

छलफलमा जिल्लाका व्यवसायी र जनप्रतिनिधिसमेतको सहभागिता रहनेछ । “बागलुङको सम्भावना पहिचान गर्ने र लगानी भित्र्याउने उद्देश्यले आर्थिक बहसको आयोजना गरिएको हो”, सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भन्नुभयो । बागलुङको आर्थिक बजारलाई चलायमान बनाउन, व्यापारको दायरा फराकिलो पार्न, राष्ट्रिय पूँजीमार्फत लगानी प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्नमा बहस कार्यक्रमले सघाउने विश्वास लिइएको छ । 

लगानी बहसलाई प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शरेचनले गर्नुहुने भएको छ ।

सदरमुकामस्थित बिएसआर मुभीको हलमा हुने बहस कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबारदेखि शुरु हुने छैँटौँ बागलुङ महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको सङ्घले जनाएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव यही पुस २० गतेसम्म चल्नेछ । 

प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजन, ताराखेललगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजकले जनाएको छ ।

“भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकाहरुमा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव नरेश कँडेलले भन्नुभयो । महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने भएको छ ।

बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ । परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणको रुपमा रहनेछन् । महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक ‘स्टल’ रहने जनाइएको छ । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य