२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

असह्य जाडोमा न्यानो बाँड्दै नेपाली सेना

२०७६, १४ पुष सोमबार ०४:३९

पुष १४, महोत्तरी | महोत्तरी जिल्लामा विगत १४ दिनदेखि असह्य जाडो भइरहेको बेला नेपाली सेना जिल्लाको सीमावर्ती क्षेत्रका गाउँठाउँमा न्यानो बाँड्दै हिँडेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै आज बिहान जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकासहितका विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले बताउनुभयो ।

नेपाली सेनाले जलेश्वर नगरपालिकाको शङ्करचोक, दुर्गाचोक, बुद्धिजीवीचोक, अस्पतालचोक, परिकौलीचोक, जिरोमाइलचोक, त्यस्तै पिपराको मुख्यचोक, महोत्तरीको पर्साचोकलगायतका सार्वजनिक स्थानमा सर्वसाधारणलाई जाडोबाट बचाउनका लागि दाउरा बालेको तथा त्यहाँका सयौँ व्यक्तिलाई तातो चिया खुवाएको गणपति विदुर अधिकारीले बताउनुभयो । 

यसरी जिल्लामा शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला नेपाली सेनाले न्यानो बाँड्दै हिँडेपछि बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाका अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते