Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

नमूना स्वास्थ्य केन्द्र नै चिकित्सकविहीनः आफन्त भन्छन् ‘कतिदिन शव कुर्ने हो ?’

२०७६, २० पुष आईतवार ०२:३१

पुष २०, बाजुरा | पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । स्वास्थ्य सस्थामा कार्यरत चिकित्सक गणेश चौधरी समायोजन भइ अन्यत्र जानुभएपछि स्वास्थ्य केन्द्र चारमहिनादेख्रि चिकित्सकविहीन बनेको हो ।

अहिले स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ  । हिमाली गाउँपालिका–७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँदा मृत्यु भएकाको शव स्वास्थ्य केन्द्रमा राखिएको चार दिन भएको छ । चिकित्सकको पर्खाइमा आफन्तजन रहेका छन् ।  शव परीक्षण हुन सकेको छैन ।  कालापडा भिरबाट कर्णाली नदीमा बिहीबार जिप खस्दा चार जनाको अकालमा मृत्यु भएको थियो ।

स्वास्थ्य केन्द्रमा आफन्त चार दिनदेखि शव कुरिरहेका छन् । शव सडिने अवस्था पुगिसकेका छन् । नागरिक अगुवा जनेश भण्डारीलले भन्नुभयो  “कोल्टीमा चिकित्सक भएको भए बिहीबार नै शव परीक्षण गरेर आफन्तले काजकिरीया शुरु गरिसक्थे । आजसम्म  शव कुरिरहनु पर्दैनथ्यो । ”

 चिकित्सक नहुँदा बाजुराका उत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, कालिकोट र मुगुका जनतालाई सास्ती भएको छ । स्वास्थ्य सस्थामा दैनिक ८० बिरामी उपचारमा आउने गरेका छन् । चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी सिफारिश गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

नमूना स्वास्थ्यचौकीका रूपमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बूढीनन्दा नगरपालिका–१ का बडा अध्यक्ष नृपराज खत्रीले नमूना स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महङ्गो हवाईभाडा तिरेर नेपालगञ्ज जानुपर्ने बिडम्बना रहेको बताउनुहुन्छ  ।  वर्षात्ले मार्तडी कोल्टी अवरुद्ध हुँदा समदरमुकाम मार्तडीलगायत अन्य ठाउँमा लैजान पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसङ्ख्यालाई स्वास्थ्य केन्द्रले सेवा दिँदै आएको छ ।

यता जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन्, तर उनीहरुलाई पठाउन प्रशासन तथा अन्य निकाय कतैबाट पहल नभएपछि चिकित्सक नगएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो ।

जिल्ला अस्पताल बाजुराले परीक्षणका लागि डा राजु जोशीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली शनिबार बिहान मात्र कोल्टी क्षेत्र पठाएको छ । से१ज १०६४ नंको जिप दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो । जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित