2026-09-14 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माघ २ देखि ओखरबोटमा इन्द्रेणीको विविध कार्यक्रम

पुष २१, गलकोट | इन्द्रेणी युवा क्लबले प्रथम वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । गलकोटमै पहिलो पटक वडा स्तरीय क्लबको रुपमा गलकोट नगरपालिका वडा नम्बर ४मा स्थापना भएको क्लबले माघ २ देखि ५ गते सम्म वार्षिकोत्सब मनाउने अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए ।

खेलकुद आजको आवश्यकता, विकृती र बिंसगती विरुद्ध युवाको एकता भन्ने नारा लिएर स्थापित क्लबले बागलुङको प्रचलित साविक वडा स्तरीय पुरुष भलिबल, रस्साकस्सी, बक्तृत्वकला, रत्यौली प्रतियोगिता ,एकल नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरेको अध्यक्ष खड्काले जानकारी दिए । युवाहरूलाई एकता बद्द गरेर समाज विकासमा आवद्द गराउने गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्कब गठन गरि पहिलो वार्षिकोत्सब मनाउन खड्काले जनाए । आगामी दिनमा युवालाई बिकृती र बिंसगति बाट बचाउदै समाज विकासमा लाग्न प्रेरणा दिने प्रमुख लक्ष्य रहेको उनले बताए ।

कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन गरिरहेको क्लबका कोषाध्यक्ष राम खत्रीले जनाए । अहिले सम्म स्वदेश र विदेशमा रहेका शुभेच्छुकबाट ७ लाख बढी संकलन भएको उनले बताए ।कार्यक्रम संचालनको लागि ४ लाख खर्च हुने र बांकी रकमबाट क्लबको कोष संचालन र समाज विकासमा खर्च गर्ने खत्रीले बताए । कार्यक्रममा चर्चित कलाकार हरि सुनार, रेशम निर्दोस, रिना केसि र संगितप्रेमी रिमा बस्नेत लगाएतका स्थानीय कलाकारको सास्कृतिक प्रस्तुति रहने सचीव धुर्व सुबेदिले जानकारी दिए । कार्यक्रम खरुवा माध्यमिक विद्यालय ओखरबोटमा संचालन गरिने उनले बताए । विद्यालयको जाडो बिदा पारेर पठनपाठनलाई असर नपुग्ने गरि कार्यक्रम आयोजना गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले