२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खोलाखर्कमा बल्यो बत्ती

२ माघ २०७६, बिहीबार ०४:१५

माघ २, गलकोट । बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा  विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि खुशीको कुनै सीमा नरहेको हो ।  

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बरेङ गाउँपालिकाका–१ मा केन्द्रीय प्रसारण लाइन जोडिएको र   विद्युतीकरण सम्पन्न भएको जानकारी दिनुभयो । गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले भन्नुभयो, “केन्द्रीय विद्युत् आएसँगै यहाँका जनताले ठूलो राहत महसुस गरेका छन् ।”

 अहिले बरेङ गाउँपालिका अन्य वडामा समेत धमाधम विद्युतीकरण जारी रहेको छ  । पाँच वडामध्ये २ र ५ नं वडाका सबै घरमा केन्द्रीय विद्युत् पुगेकोे छ । आगामी वर्षसम्म  गाउँपालिकाका सबै वडामा विद्युतीकरण गर्ने जनाइएको छ ।   रु १८ लाख ५० हजारको लागतमा २५ किलोवाट क्षमताको ट्रान्सफर्मरबाट ती ३६ घरमा विद्युतीकरण गरिएको हो । 

बरेङसहित ताराखोला, ढोरपाटन र बडिगाड गाउँपालिकामा धमाधम विद्युतीकरणको काम चलिरहेको विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।  केन्द्रका प्रमुख  गोशलीका अनुसार  जिल्लाकोे करीब ४५ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत्को पहुँच पुगेको छ । 

आगामी वर्षभित्र २५ देखि २० प्रतिशत थप गर्ने गरी विद्युतीकरणको काम भइरहेको छ । निसीखोला र तमानखोलामा केन्द्रीय विद्युत् विस्तार हुनसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य