माघ २,मोरङ | जलाउन लागेको एक महिलाको शव मोरङमा प्रहरीले नियन्त्रणमा लिएको छ | विराटनगर ८ संघिया घाटबाट २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो | शव जलाउनका लागि ठिक्क पारिएको थियो |
उनको घाँटीमा चोट देखिए पछि माइती पक्षको दिएको उजुरीका आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको बताएको छ | साहको बिहीबार विहान मृत्यु भएको थियो | शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए |
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |