२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जबरजस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा

६ माघ २०७६, सोमबार ०९:३६

माघ ६, नवलपुर | चालीस वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो”, नवलपुरका प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, “जाहेरी दर्ता भएपछि अहेव सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ ।” “घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाइएको छ”, उनले भने, “पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको छ ।”

घटना प्रहरी कहाँ पुगेको तीन दिनसम्म पनि आरोपित पक्राउ नपर्नु दुःखद भएको स्थानीयवासीले बताएका छन् । फरार आरोपीलाई प्रहरीले खोजतलास गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताए । “पीडकलाई गाउँमै माफी मगाउने र पीडितलाई रु २० हजार दिएर मिलापत्र गर्ने धम्की दिएपछि प्रहरीको शरणमा आएका हौँ”, पीडित महिलाका श्रीमानले भने, “अहिले पनि तँसँग मुद्दा लड्ने पैसा छैन, मुद्दा फिर्ता लिई भन्दै पीडकका आफन्तहरुले दबाव दिएका छन् ।”

पीडकलाई पक्राउ नगर्दा पीडितहरुमाथि दबाव र धम्की आइरहेको पीडितका श्रीमान्ले गुनासो गरे । जति छिटो प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने बताउँदै उनले भने, “श्रीमतीलाई एक्लै पारेर जबर्जस्ती गर्नेलाई कारबाही हुनैपर्छ ।” “मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु तँलाई पैसा दिन्छु भनेर आएका छन्, अन्यायमा परेकाले न्याय पाइदैन ?”, उनले भने, “दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्छ ।”

गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ । पीडकलाई कानूनी रुपमा कारबाही हुने अवस्था आउनुपर्ने बुलिङटारका यमबहादुर सारुले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान