२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जबरजस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा

२०७६, ६ माघ सोमबार ०९:३६

माघ ६, नवलपुर | चालीस वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो”, नवलपुरका प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, “जाहेरी दर्ता भएपछि अहेव सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ ।” “घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाइएको छ”, उनले भने, “पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको छ ।”

घटना प्रहरी कहाँ पुगेको तीन दिनसम्म पनि आरोपित पक्राउ नपर्नु दुःखद भएको स्थानीयवासीले बताएका छन् । फरार आरोपीलाई प्रहरीले खोजतलास गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताए । “पीडकलाई गाउँमै माफी मगाउने र पीडितलाई रु २० हजार दिएर मिलापत्र गर्ने धम्की दिएपछि प्रहरीको शरणमा आएका हौँ”, पीडित महिलाका श्रीमानले भने, “अहिले पनि तँसँग मुद्दा लड्ने पैसा छैन, मुद्दा फिर्ता लिई भन्दै पीडकका आफन्तहरुले दबाव दिएका छन् ।”

पीडकलाई पक्राउ नगर्दा पीडितहरुमाथि दबाव र धम्की आइरहेको पीडितका श्रीमान्ले गुनासो गरे । जति छिटो प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने बताउँदै उनले भने, “श्रीमतीलाई एक्लै पारेर जबर्जस्ती गर्नेलाई कारबाही हुनैपर्छ ।” “मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु तँलाई पैसा दिन्छु भनेर आएका छन्, अन्यायमा परेकाले न्याय पाइदैन ?”, उनले भने, “दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्छ ।”

गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ । पीडकलाई कानूनी रुपमा कारबाही हुने अवस्था आउनुपर्ने बुलिङटारका यमबहादुर सारुले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते