पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको बारेमा पर्वतका जनप्रतिनिधिहरु एकमत भएका छन् । छौठौ पर्वत महोत्सवलाई पर्यटकीय स्थलको प्रचारप्रसारका रुपमा हेरिएकाले स्थानीय जनप्रतिनिधिहरु एक मत भएका हुन् ।

महोत्सव शुरु हुन अब दुइ दिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको बारेमा पर्वतका जनप्रतिनिधिहरु एकमत भएका छन् । छौठौ पर्वत महोत्सवलाई पर्यटकीय स्थलको प्रचारप्रसारका रुपमा हेरिएकाले स्थानीय जनप्रतिनिधिहरु एक मत भएका हुन् ।

महोत्सव शुरु हुन अब दुइ दिन "/>

2026-07-25 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका जनप्रतिनिधिको एउटै स्वर, पर्वत महोत्सव हाम्रो प्रतिष्ठाको विषय हो

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको बारेमा पर्वतका जनप्रतिनिधिहरु एकमत भएका छन् । छौठौ पर्वत महोत्सवलाई पर्यटकीय स्थलको प्रचारप्रसारका रुपमा हेरिएकाले स्थानीय जनप्रतिनिधिहरु एक मत भएका हुन् ।

महोत्सव शुरु हुन अब दुइ दिन मात्रै बाँकी रहेको बेलामा स्थानीय प्रतिनिधीसभाका सांसद पदम गिरी , गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल, संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेशकी सांसद जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल लगायतका स्थानीय तहका जनप्रनिधिहरुले छौठौ पर्वत महोत्सवलाई जिल्लाको प्रतिष्ठासँग जोडेर सबै एक मत भएका छन् । त्यस्तै राजनीतिक दलतर्फ नेकपाका केन्द्रिय सदस्य गुप्त हमला, नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसाल लगायतका अन्य राजनीतिक दलहरुले एक मत बनाएका छन् ।

महोत्सवमा  लघुउद्यमी (पहिलो तीस जनालाई) निशुल्क र पर्वतका उद्योगी व्यवसायीलाई २५ प्रतिशतमा स्टल बुकिङ थालिएपछि स्टल बुकिङकोे व्यवस्था गरिएको छ । पर्वतलाई पोखरापछिको पहिलो गन्तव्यस्थलका रुपमा पहिचान गराउनको लागि महोत्सव फलदायी र सफल हुने महोत्सव आयोजकका मुल संयोजक एवं उवासंघका अध्यक्ष केदरनाथ शर्माले बताए ।

गण्डकी प्रदेशको लघुउद्यमलाई प्रर्बद्धनको लागि महोत्सवको आयोजना गरिएकाले लघु उद्यमीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मुल संयोजक केदरनाथ शर्माले जानकारी दिए ।

महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले महोत्सवको प्रचारप्रसार अन्तिम चरणमा पुगेको बताए । उनले अब महोत्सव केहि दिनमा नै शुरु हुन्छ । हामीले प्रचारप्रसारको लागि आवश्यक सम्पूर्ण कामहरु गरिसकेका छौ उनले भने ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अवधिमा भाइरल बालकलाकार कमला घिमिरे, रामकृष्ण ढकाल, लेकाली व्याण्ड लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा पालिकास्तरीय पुरुष  भलिबल प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने आयोजकले जनाएको छ । महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहने आयोजकले जनाएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक