४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका सरकारी कार्यालय प्रमुख विहिन

९ माघ २०७६, बिहीबार १०:५९

दान बहादुर बुढा | माघ ९, मुगु | हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु यति बेला कर्मचारी विहिन छन । बिभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यलय कर्मचारी विहिन बनेका हुन । जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुदाँ सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन |


सुरक्षा गोष्ठिको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो । प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुदा नागरिकता ,राहदानि, नाबालक परिचय प्रत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यलय पुग्ने सेव,विभिन्न सिफारिसहरु लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने नागरिकहरु निराश भएर घर फर्किने गरेका छन । नागरिताका लागी बुधबार जिल्ला प्रशासन कार्यलय पुगेका नाम नबताउने एक सरकारी कर्मचारीले नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय गएको भएपनी प्रमुख जिल्ला अधिकारी नभएको र काम नहुने भने पछी निराश भएर फकिएको बताए ।


जिल्ला प्रशासन कार्यलय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिना देखि जिल्ला बाहिर छन । प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि सुरक्षा गोष्ठिको कामले जिल्ला छोडे पछी जिल्ला प्रशासन कार्यालय मुगु प्रमुख विहिन बनेको छ ।  

पत्रकारको टोली विहिबार २ बजे जिल्ला  प्रशासन कार्यालय पुग्दा कार्यालय बन्द अबस्थामा रहेको र कर्मचारी घाम तापेर बसेका भेटिएका थिए | अत्तियारी प्राप्त कर्मचारी नुहदाँ सेवाग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नर बहादुर बुढाले बताए |


जिल्ला प्रशासन कार्यालय मात्र हैन  अन्य सघिय तथा प्रादेशिक कार्यालयका  प्रमुख नहुदा ति कार्यालयहरु पनि प्रमुख बिहिन भएका छन । सघिय माताहतका कार्यालय जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यलय,नापी कार्यालय,शिक्षा विकास तथा समन्वय ईकाई तथा प्रादेशिक कार्यालय वन डिभिजन कार्यालय,खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय मा प्रमुख छैनन ।सघिय तथा प्रादेशिक माताहतमा रहेका कार्यालयका कार्यलय प्रमुख नहुदाँ सेवा ग्र्राहीको काममा बाधा भएको छ भने |

अत्तियारी प्राप्त नभएका कर्मचारीहरु अफिसमा आउने घाम तापेर बस्नु बाहेकको विकल्प नभएको कर्मचारीहरु बताउछन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ