२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

११ माघ २०७६, शनिबार १०:४६

जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । 

प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित  जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो । जिल्लाका क्रसर उद्योगहरुले गत आर्थिक वर्ष २०७५/७६ को स्टक (भण्डार) विवरण नदिएका हुँदा हाललाई सबै यस्ता उद्योग बन्द गर्ने निर्णय गर्नु परेको समितिले जनाएको छ । जिल्लाका सबै स्थानीय तहलाई  आ–आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी जिल्ला समन्वय समिति महोत्तरीमा पठाउन भनिए पनि कतैबाट त्यस्तो जानकारी हालसम्म प्राप्त नभएको जिल्ला समन्वय समितिका संयोजकसमेत रहनुभएका अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो । 

यद्यपि क्रसर र बालुवा प्रशोधन नाउँ राखेर नदी र नदी उकास जग्गामा उधुम मच्चाउँदै आएका यस्ता उद्योग तत्काल बन्द गरिने सिंहको भनाइ छ । जिल्लामा १५ स्थानीय तह रहे पनि उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धेरैजसो यस्ता उद्योग सञ्चालित छन् । अब माग गरिएको विवरण प्राप्त भएपछि सोको अध्ययनबाट मात्र सबै प्रक्रिया पूरा गरेका उद्योगलाई पुनः सञ्चालनको अनुमति दिन सकिने संयोजक सिंहले स्पष्ट पार्नुभयो ।

चुरे पहाडी शृङ्खला र नदी एवम् नदी उकास जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा, ढुङ्गाको अवैध उत्खनन बढेको गुनासो बाक्लिएसँगै गत वर्षदेखि नै जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले अनुगमन गर्दै आएका छन् । यद्यपि करिब ५० को सङ्ख्यामा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात नदिएरै उत्खनन कार्य जारी राखेका पाइएपछि अहिले त्यसमा कडाइ गरिन यस्ता उद्योग पूर्णरुपले बन्द गर्ने निर्णय बुधबार नै गरिएको संयोजक सिंहले बताउनुभयो । उद्योगहरुको स्टक अवस्था बोर्डमा उल्लेख गरेर पारदर्शी गरिएपछि मात्र ठेक्का बन्दोबस्तको प्रक्रिया अघि बढ्नसक्ने समितिले जनाएको छ । सबै उद्योगको स्टक अवस्था सम्बन्धित स्थानीय तहले महिनामा दुईपटक प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउने परिपाटी बसाल्ने कुरा सुनिश्चित नगरिएसम्म अब उद्योग सञ्चालनको सम्भावना नरहेको समितिले जनाएको छ ।

जिल्लाका क्रसर उद्योगले कानूनी प्रक्रिया मिचेर रातारात उत्खनन गर्ने गरेका छन् । यो अवस्था देखिएपछि सबै स्थानीय तहलाई निश्चित समय तोकेर उज्यालोमा मात्र उत्खनन गर्नसक्ने व्यवस्थाको स्पष्ट निर्देशन सबै स्थानीय तहलाई दिएको सिंहले बताउनुभयो ।  जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी  र टुटेश्वरसहितका नदी र नदीउकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालित छन् । यस्ता उद्योगले जथाभावी उत्खखन गर्दा बनेका खाल्डामा परेर बर्सेनि मानवीय क्षति पनि हुँदै आएको छ । अवैध उत्खनन गर्नेहरुले यसको विरोध गर्नेलाई टिप्परले किचेर मार्ने दृष्टान्त छिमेककै ढल्केवरमा दुई साताअघि देखेका जिल्लावासी अहिले आतङ्कित भएका छन् । गत पुस २५ गते बिहान अवैध उत्खनन भइरहेको ठाउँमा सो रोक्न पुगेका धनुषाको मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य