Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भोलि पर्वत महोत्सवमा मेलिना राई पर्सी कमला घिमिरे आउने

२०७६, १२ माघ आईतवार १२:२५



पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमो भोलि मेलिना राईको धमकेदार प्रस्तुती हेर्न पाइन भएको छ । महोत्सवको पाँचौ दिन आयोजकले मेलिना राइ सहित रितु थापा, बशन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम आउने भएका छन् । विहान पालिकास्तरीय भलिबल प्रसतियोगिता हुने भएको छ भने दिउँसो कलाकारको प्रस्तुतीसहित भजन, रत्यौली प्रतियोगिता हुने भएको छ ।

त्यस्तै १४ गते मंगलबार चर्चित बालकलाकार कमला घिमिरेसहित कुलेन्द्र विक, आरसी पौडेलको लाइभ दोहोरी रहने आयोजकले जनाएको छ । त्यस्तै रितु कँडेल, सन्जिव सिंह राना, प्राश्ना शाक्य डिजेको कन्सर्टका साथै सुरज भिरखोइरेको हाँस्यब्यङ्गे रहने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रतियोगिता, डान्स प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती र लाइभ कन्सर्ट पनि हुनेछ ।

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ