Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

धौलागिरीमै पहिलो पटक भोलि पर्वतमा कमला घिमिरे आउने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमो आज मेलिना राईको धमकेदार प्रस्तुती हेर्न पाइन भएको छ । महोत्सवको पाँचौ दिन आयोजकले मेलिना राइ सहित रितु थापा, बशन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम आउने भएका छन् । विहान पालिकास्तरीय भलिबल प्रसतियोगिता हुने भएको छ भने दिउँसो कलाकारको प्रस्तुतीसहित भजन, रत्यौली प्रतियोगिता हुने भएको छ ।

आज चर्चित बालकलाकार कमला घिमिरेसहित कुलेन्द्र विक, आरसी पौडेलको लाइभ दोहोरी रहने आयोजकले जनाएको छ । त्यस्तै रितु कँडेल, सन्जिव सिंह रानाको कन्सर्ट र सुरज भिरखोइरेको हाँस्यब्यङ्गे रहने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रतियोगिता, डान्स प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती र लाइभ कन्सर्ट पनि हुनेछ ।

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।