२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

२०७६, १५ माघ बुधबार ०४:२९

माघ १५, गलकोट । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको  प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत  सामान्य क्षति पुगेको छ ।   

 आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिनुभयो । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा