२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्वकै अग्लो बञ्जीजम्प संचालन (भिडियोसहित)

२०७६, १७ माघ शुक्रबार ०५:४९



पर्वत ।पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको विश्वकै अग्लो बन्जिजम्पको सफल परिक्षण भएको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकी माथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परिक्षण गरिएको हो ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यस अघि ड्रम पठाएर परिक्षण गरिदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परिक्षण गरेका छन । ञ्जीका सञ्चालक राजु कार्कीले बञ्जी गरेर गर्नुभएको हो । बञ्जी जम्प बढी उचाईका कारण बढी रोमाञ्च भएको कार्कीले बताउनुभयो । भोटेकोशी बञ्जी जम्पमा लामो समय काम गर्नुभएका कार्कीले उचाई बढी र फराकिलो क्षेत्र भएका कारण कालीगण्डकीमा बञ्जी गर्नुको बेग्दै आनन्द प्राप्त भएको अनुभव सुनाउनुभयो । कम्पनीले ब्यबसायिक रुपमा बञ्जीजम्प खेलाउने काम भने नयाँ बर्षबाट गर्ने भएको छ । ‘केही कामहरु बाँकी रहेका कारण ब्यबसायिक रुपमा जम्प गराउने काम नयाँ बर्षबाट मात्रै गछौ ।’ सञ्चालक कार्कीले भन्नुभयो ।


प्राकृतिक पुलमा निर्माण भएको बिश्वकै अग्लो बञ्जी जम्प भएको दाबी सञ्चालकको छ । मकाउमा दुई वटा घरका बिचमा गरिने बञ्जीलाई बिश्वकै अग्लो मानिएको छ । कालीगण्डकी माथि ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल बिश्वकै अग्लो र साहसीक पैदलयात्री पुल हो । यो पुलमा बनेको सबैभन्दा अग्लो बञ्जी जम्प, बिश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग९स्विङ्ग०, बिश्वकै अग्लो र नेपालकै एक मात्र तारमा खेलिने ९स्काई साइक्लिङ० सञ्चालन गरिदै छ । कालीगण्डकी पारी बलेवामा सुबिधा सम्पन्न रिर्सोट निर्माणको काम भैरहेको छ बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ्ग रिसोर्ट संचालनको लागि संरचना निर्माण काम भैरहेको छ ।

रिर्सोटमा सबै जसो कोठाहरु टेन्टबाट बनाइदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरि निर्माण भैरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जना सम्म पर्यटक बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३ सय जना सम्म राख्न सकिने कार्कीको भनाई छ ।


करिब २० करोडमा रिर्सोट सहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताउनुभयो । साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरि बनाइएको बन्जिजम्प पर्वतको चिनारी हुने बिश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित