२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्वकै अग्लो बञ्जीजम्प संचालन (भिडियोसहित)

१७ माघ २०७६, शुक्रबार ०५:४९



पर्वत ।पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको विश्वकै अग्लो बन्जिजम्पको सफल परिक्षण भएको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकी माथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परिक्षण गरिएको हो ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यस अघि ड्रम पठाएर परिक्षण गरिदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परिक्षण गरेका छन । ञ्जीका सञ्चालक राजु कार्कीले बञ्जी गरेर गर्नुभएको हो । बञ्जी जम्प बढी उचाईका कारण बढी रोमाञ्च भएको कार्कीले बताउनुभयो । भोटेकोशी बञ्जी जम्पमा लामो समय काम गर्नुभएका कार्कीले उचाई बढी र फराकिलो क्षेत्र भएका कारण कालीगण्डकीमा बञ्जी गर्नुको बेग्दै आनन्द प्राप्त भएको अनुभव सुनाउनुभयो । कम्पनीले ब्यबसायिक रुपमा बञ्जीजम्प खेलाउने काम भने नयाँ बर्षबाट गर्ने भएको छ । ‘केही कामहरु बाँकी रहेका कारण ब्यबसायिक रुपमा जम्प गराउने काम नयाँ बर्षबाट मात्रै गछौ ।’ सञ्चालक कार्कीले भन्नुभयो ।


प्राकृतिक पुलमा निर्माण भएको बिश्वकै अग्लो बञ्जी जम्प भएको दाबी सञ्चालकको छ । मकाउमा दुई वटा घरका बिचमा गरिने बञ्जीलाई बिश्वकै अग्लो मानिएको छ । कालीगण्डकी माथि ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल बिश्वकै अग्लो र साहसीक पैदलयात्री पुल हो । यो पुलमा बनेको सबैभन्दा अग्लो बञ्जी जम्प, बिश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग९स्विङ्ग०, बिश्वकै अग्लो र नेपालकै एक मात्र तारमा खेलिने ९स्काई साइक्लिङ० सञ्चालन गरिदै छ । कालीगण्डकी पारी बलेवामा सुबिधा सम्पन्न रिर्सोट निर्माणको काम भैरहेको छ बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ्ग रिसोर्ट संचालनको लागि संरचना निर्माण काम भैरहेको छ ।

रिर्सोटमा सबै जसो कोठाहरु टेन्टबाट बनाइदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरि निर्माण भैरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जना सम्म पर्यटक बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३ सय जना सम्म राख्न सकिने कार्कीको भनाई छ ।


करिब २० करोडमा रिर्सोट सहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताउनुभयो । साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरि बनाइएको बन्जिजम्प पर्वतको चिनारी हुने बिश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान