४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

एक महिनाको नजरबन्दमा योगी पुष्पराज पुरूष

२० माघ २०७६, सोमबार १४:३१

माघ २०, काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख योगी पुष्पराज पुरूष एक महिना योग साधनामा बसेका छन् । पुरूषले आफूले आँफैलाई नजरबन्धमा राखेर साधना गरिरहेका हुन् । 

उनी साधना अवधि भरी नहेर्ने, नसुन्ने र नबोल्ने गरी बसेका हुन् । गत पुस २५ गते शुरू भएको उक्त साधना यहि माघ २६ गते आइतवार साँझ सकिने उक्त आश्रमका साधक गिरीराज पुरूषले बताए।

पुष्पराज पुरूष ललितपुर स्थित लामाटार ढुंगिनमा रहेको संगत आश्रममा पाँचौ पटक लामो साधनामा बसेका हुन्। उनी एक महिना लामो साधनामा अन्न नखाई बसेका छन्। विशेष गरी यो साधनामा उनले जलाहार गरिरहेका छन्।

अभियान्ताहरू मध्ये चिनिने पुष्पराज पुरूष नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन सक्रिय छन्। उनी असंगठित नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्दै बलियो महाशक्ति बनाउनका लागि विगत लामो समयदेखि लागिरहेका छन्।

धर्मराजनीति मार्फत देशलाई भौतिक र आध्यात्मिक रूपमा समृद्ध बनाउन उनले विभिन्न किसिमका अभियानहरु पनि संचालन गरिरहेका छन्। उनले नेपाल सनातन धर्म संस्कृति संगठनमार्फत ज्योतिष, पंडित, कर्मकाण्डी तथा धार्मिक अभियान्ताहरूलाई संगठित गरिरहेका छन्।

यसरी एक महिना लामो साधनामा बसेका योगी पुष्पराज पुरूष संगत संस्कृतिको प्रतिपादक तथा संगत संस्कृति अभियानको संयोजक समेत छन् । २०६३ सालदेखि सुरू भएको उक्त संस्कृतिले धार्मिक, साम्प्रदायिक, पन्थ तथा सांस्कृतिकरूपमा रहेका विभिन्न किसिमका समस्याहरूलाई वैदिक तथा वैज्ञानिकरूपमा समाधान गर्न विभिन्न किसिमका खोज अनुसन्धान गरिरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ