२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

१६ बर्षिया छोरीलाई घरभित्रै बन्धक बनाएर बलात्कार

२०७६, २२ माघ बुधबार १०:४७

माघ २२, पर्सा | आफ्नै बुबाले १६ बर्षिय छोरीलाई बलात्कार गरेका छन् | पर्साको पोखरियामा छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको छ | जिल्लाको पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए |

पिडित किशोरीका अनुसार शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर बलात्कार गरेको हो | पीडितको मौखिक उजुरीपछि उनका बाबुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ | ती पुरुष पहिले पनि विभिन्न अपराधिक गतिविधिमा जोडिने गरेको स्थानीयले बताएका छन् | घर नजिकै गाउँमा एक व्यक्तिको मृत्यु भएपछि हेर्न जाने बहानामा किशोरी घरबाट फुत्किएर इलाका प्रहरी कार्यालय पोखरिया पुगेर प्रहरीलाई जानकारी दिएको खुलासा भएको छ |

उजुरीलगत्तै प्रहरीले अभियुक्त र उनकी श्रीमती निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ | किशोरीको स्वास्थ्य परीक्षण गराउने काम भइरहेको छ। रिपोर्टका आधारमा थप प्रकृया अगाडि बढ्ने प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने