Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनी महोत्सवमा राष्ट्रियसभाध्यक्षलाई घोडा चढाउने, दर्शकलाई हेलिकप्टरमा घुमाउने

२०७६, २७ माघ सोमबार ०१:३६



पर्वत । दिदीबहिनी महोत्सवको गाउँगाउँमा प्रचारप्रसार तीब्र पारिएको छ । महोत्सव आउन अब  केहि दिन मात्र बाँकी रहेको अबवस्थामा महोत्सवको प्रचारप्रसारलाई तीब्र रुपमा अगाडी लगिएको छ । महोत्सवको उद्घाटनमा आउने राधिष्ट्रयसभाध्यक्षलाई घोडामा ¥यालीसहित बजार परिक्रमा गराउन आयोजकले योजना बनाएको छ ।  महोत्सवको पहिलो दिन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई घोडा चढाई बजार परिक्रमा गराउने योजना स्थानीयले बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं संविधाससभा सदस्य कल्पना चापागाई जोशीले बताइन ।

साथै महोत्सवमा स्थानीय पर्यटनस्थलहरुको हेलिकप्टरबाट अबलोकन गर्ने व्यवस्था मिलाइएको छ । महोत्सवको अवसरमा म्याग्दी, बेनी र बागलुङमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको आकाशबाट अवलोकलन गर्न इच्छुकहरुको लागि यस्तो व्यवस्थ ागर्न लागेको रेडियोले जनाएको छ । साथै महोत्सव अवधीभर कालीगण्डकीमा ¥याफ्टिङ गर्ने व्यवस्था पनि मिलाइएको छ ।

रेडियो दिदि बहिनीले आफ्नो दशौ बाषिर्क उत्सवको अवसरमा गण्डकी प्रदेशस्तरीय महोत्सवको आयोजना गर्ने भएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा महोत्सवको आयोजना गर्दै आएको रेडियो यो वर्षपनि  बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव गर्न लागेको हो ।

भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा १ देखि ११ सम्म बृहत तेह्रौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सवको आयोजना गरिएको रेडियो दिदीबहिनीले जनाएको छ ।

महोत्सवमा आउन अब केहि १७ दिन बाँकी रहँदा महोत्सवको प्रचारप्रसार तीब्र रुपमा अगाडी बढेको रेडियोले जनाएको छ ।

कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म महोत्सव आयोजना गर्न लागेको म्याग्दी र पर्वतमा पत्रकार सम्मेलन गर्दै संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियो दिदिबहिनीका अध्यक्ष कल्पना चापागाईले जानाकारी दिनु भएको छ ।

 महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिकास्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली र भजन प्रतियोगिता हुने भएको छ ।

झाकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने रेडियोका अध्यक्ष कल्पना चापागाइले बताउनुभयो । ११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरको भेला गरिने उहाँले बताउनुभयो । 

रमाइलो र मनोरञ्जनका लागि मात्र नभएर महिलाहरुको क्षमता अभिवृद्धी तथा समानताको आवाज बुलन्द पार्न, कला र संस्कृतिको संरक्षण तथा घरेलु बस्तुको ब्यापार प्रर्वद्धनमा सहयोग पुग्ने आयोजकले बताएका छन् ।

मुख्य आकर्षणको रुपमा रहेको महिला भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । 

पालिका स्तरीय पुरुष भलिबलको बिजेता, उपबिजेता र तीतृय हुनेलाई एक लाख, पचास हजार र पच्चिस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । डान्स आइडलमा प्रथम, द्धितिय, तृतीय हुनेलाई क्रमश पचास हजार, तीस हजार र बीस हजार तथा विद्यालय स्तरीय नृत्य, रत्यौली र झाँकी प्रर्दशनीमा प्रथम, द्धितिय, तृतीय हुनेलाई पच्चिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै भजन प्रतियोगितामा प्रथम, द्धितिय, तीतृयलाई क्रमश पन्ध्र हजार, दश हजार र पाँच हजार रुपैया पुरस्कार व्यवस्था गरिएको छ । खसी, बोका, बाख्रा तथा कृषि उपजको प्रर्दशनीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था, निशूल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने आयोजकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ