२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अख्तियारद्वारा घुस लिएको अभियोगमा मुद्दा दायर

५ फाल्गुन २०७६, सोमबार १४:४४

फागुन ५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेकाले रु तीन करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

आयोगले आरोपी चौधरीलाई बिगोबमोजिमको असुली गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

यस्तै आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय लाना डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराले भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको भन्ने अभियोगका आधारमा रु सात लाख २९ हजार ९४६ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहोराले सरकारी स्रोतबाट प्राप्त भएको रकमको दुरुपयोग गरेको पाइएको छ । 

त्यस्तै आयोगले गोरखा जिल्ला नेपाने माध्यमिक विद्यालय सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साह समेतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्राविधिक सहायक सवइञ्जिनीयर विकास झासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सवइञ्जिनीयर विकास झाविरुद्ध रु ११ लाख १० हजार र प्रधानाध्यापक शिवकुमार साहविरुद्ध रु १३ लाख २२ हजार २९२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य