२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म

१७ फाल्गुन २०७६, शनिबार ०४:४९

फागुन १७, बाग्लुङ | भारतीय सेनाको जागीरपछि स्वेदश फर्कनुभएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जम्नुभएको छ । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गर्नुभएका उहाँले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याउनुभएको छ । 

बागलुङ नगरपालिका–३ का ४० वर्षीय उहाँ सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त हुनुभएको थियो । “थप पद लिनलाई जागीर बढाउन पनि सक्थे, स्वदेश आएर पनि अरु देशमा जान सकिन्थ्यो”, उहाँ भन्नुभयो, “आफ्नै ठाउँमा बसेर केही गरौँ भन्ने सोचले व्यवसायतिर लागेँ ।”

‘सुसारा फ्रोजन मःम’ र ‘सुसारा बिन्स क्याफे’मा गरी करिब रु एक करोड लगानी भएको छ । मःम व्यवसायमा १५ र ‘क्याफे’मा पाँच जनाले रोजगारी पाएका छन् । ‘क्याफे’मा खड्कासहित उहाँका नातेदार सुशील खड्का र सागर थापाकोसमेत लगानी छ । मःम व्यवसायमा भने रमेश एक्लैको लगानी छ । “बागलुङमा काँचो तयारी मःमको बिक्री पहिलोपटक मैले नै शुरु गरेको हुँ”, रमेशले भन्नुभयो, “यहाँ बनेको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म समेत जान्छ ।” किमा भरेर तयार पारिएको मःमलाई विशेष रुपले ‘प्याकिङ’ गरेर बजार पठाइन्छ ।

दैनिक छ देखि ७०० पिलेटसम्म मःम बिक्री हुने गरेको रमेशको भनाइ छ । खसी–बोकाको मःम प्रतिपलेट रु १००, कुखुराको रु ६०, माछाको रु ७० र शाकाहारी मःमको रु ४५ पर्छ । छिट्टै केराको मःम पनि उत्पादन गर्ने लक्ष्य छ ।

मःमबाट मासिक करिब रु पाँच लाख बराबरको कारोवार हुने गरेको छ । मःम व्यवसायलाई कम्पनीकै रुपमा अघि बढाउने र बजार पनि विस्तार गर्ने उहाँको योजना छ । उहाँलाई व्यवसायमा श्रीमती रक्षाको दरिलो साथ छ । “व्यवसायबाट सन्तुष्ट छु, ठूलो मुनाफाको अपेक्षा मसँग छैन”, रमेशले भन्नुभयो ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शुक्रबार शुभारम्भ गर्नुभएको ‘क्याफे’मा चिया, कफीका साथै रेष्टुराँमा पाइने अधिकांश परिकार उपलब्ध छन् । बागलुङ बजारको केन्द्र भागमा खोलिएको ‘क्याफे’ले जिल्लामा भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उहाँले बताउनुभयो ।

उहाँले विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसाय गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । “पछिल्लो समय होटल, रेष्टुराँमा लगानी बढेको छ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो, “व्यापारसँगै पर्यटन प्रवद्र्धनका लागि सुखद् पक्ष हो ।”

व्यवसायसँगै गीत, सङ्गीतमा पनि क्रियाशील रमेशले ‘माछी मारन’लगायतका गीतमा स्वर दिनुभएको छ । यहाँका पर्यटकीय गन्तव्यस्थललाई समेटेर उहाँले गाएको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान