बागलुङका एक नवजोडीद्वारा विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष स्थापना

साझासवाल

<p><b>फागुन १८, गलकोट (रासस) । </b>यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।&nbsp;</p><p>विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्वशिक्षकसमेत रहेका गौतमले जानकारी दिनुभयो ।&nbsp; शर्मा युवासङ्घको नेतृ हुनुहुन्छ । “हामीले राम्रो कामको शुरुआत आफैँबाट गर्नुपर्छ”, शर्माले भन्नुभयो, “भड्किलो विवाहको अन्त्यका लागि समाजमा सकरात्मक सन्देश दिन खोजेका हौँ ।”</p><p>सो विद्यालयको ६४औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा&nbsp; कोषबाट वार्षिक&nbsp; छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ११ , माध्यामिक शिक्षा परीक्षा (एसइई) का परीक्षामा सर्वाेत्कृष्ट जीपीए हासिल गर्ने&nbsp; तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्वप्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका साथै वर्ष शिक्षकसमेत छनोट गरेर पुरस्कृत गरिनेछ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply