२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एकलाख बढी रुपैयाँसहित ७ जना जुवाडे पक्राउ

२०७६, २० फाल्गुन मंगलवार ०९:२४

फागुन २०, दाङ | दाङमा एकलाख बढी रुपैयाँसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ | जिल्लाको शान्तिनगर गाउँपालिका ३ महादेव चौतारी बस्ने ४० वर्षीय शुकबहादुर बुढाको घरमा सोमबार राति ११ बजेतिर प्रहरीले छापा मारी ७ जना जुवाडे र १ लाख १६५०० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो |

बुढाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको सयुंक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएपी सुमित खड्काले बताए |

पक्राउ पर्नेहरूमा महादेव चौतारी बस्ने घर मालिक बुढासहित सोही ठाउँ बस्ने ३८ वर्षीय भिमबहादुर कँडेल, २६ वर्षीय मिनबहादुर घिमिरे, ४६ वर्षीय चेतानन्द बस्नेत, ३२ बसन्त थापा, ३० वर्षीय यमबहादुर केसी र तुलसीपुर ८ बस्ने ३८ वर्षीय प्रेम बिक रहेका छन् |

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते