२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

२०७६, २६ फाल्गुन सोमबार ०७:५०

फागुन १६, पाल्पा | पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुँदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर सार्वजनिक भएको हो |

सो घटनामा संलग्न वडा नं ३ बस्ने करिब ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ । घटनास्थलमा महिलाको भित्री बस्त्र र शुरुवालसमेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भएको हो । 

पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए । पीडित महिला आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन् । रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित महिलालाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको बताइएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने