२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कोरोना भाइरसः बैतडीमा हिलोपटक आइसोलेसन कक्ष स्थापना,यस्तो छ अवस्था

२०७६, २८ फाल्गुन बुधबार ०८:१८

फागुन २८, बैतडी | बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए |

अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ । ‘शंकास्पद बिरामीको खकार र सिगानको नमूना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ’, उनले भने, ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारी स्वरुप जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको हो’, यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिन अघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य नियमित रुपमा भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा सीमा नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सो कक्षबाट अहिले सम्म ४५० बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको छ । 

नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीले नेपाल फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।

नगरप्रमुखद्वारा हेल्प डेस्क अनुगमन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको अनुगमन गरिएको छ । दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापा लगायतको टोली सहायता कक्षबाट प्रदान भइरहेका सेवाको अनुगमन गरेका हुन् ।

दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा फागुन १० गते मात्रै झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो । नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्यकर्मीहरुले सहायता कक्षमा सेवा दिने हिसाबले खटाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

सीमा नाकाको स्वास्थ्य कक्षलाई प्रभावकारी बनाउन नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको र नाकामा आवतजावत हुने बेलासम्म स्वास्थ्यकर्मीले सेवा दिने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख थापाले बताए ।

नाकामा स्थापना गरिएको सहायता कक्षमा इन्फ्रारेड थर्मोमिटरको सहयताले भारतबाट फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

४३० को स्वास्थ्य परीक्षण

स्वास्थ्य सहायता कक्षमार्फत अहिलेसम्म ४३० जनाको स्वास्थ्य परीक्षण गरिसकिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिए । झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउन पहल भइरहेको उनले बताए । उनले भने, ‘भारतबाट नेपाल फर्किने नागरिकलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्रै नेपाल भित्रिने गरेका छन् ।’  

विश्वभर कोरोनाको जोखिम बढिरहेकाले पूर्वतयारी स्वरुप सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेको नगरपालिकाले जनाएको छ । सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने, रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अत्याधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा स्थापना गरिएको आइसोलोसन कक्षमा पठाइने भएको छ तर हालसम्म कुनै पनि नागरिकमा  संक्रमण भेटिएको छैन ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन