2026-09-14 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत डेढ करोड बजेट

कृष्ण न्यौपाने | चैत १, तनहुँ | प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक करोड ४९ लाख बजेट प्राप्त गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सशर्त अनुदानवापतको उक्त रकम स्थानीय तहमा पठाइसकेको छ । जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाले अनुदानवापतको बजेट पाएका छन् भने घिरिङ गाउँपालिकाले बजेट प्राप्त गरेको छैन । मन्त्रालयका अनुसार बेरोजगारको सङ्ख्या र प्राथमिकतामा परेको आयोजनाको सूची नपठाएका कारण घिरिङलाई बजेट पठाएको छैन । 

कार्यक्रम सञ्चालनका लागि व्यास नगरपालिकालाई रु २८ लाख ४३ हजार, भानु नगरपालिकालाई रु २५ लाख ३२ हजार, शुक्लागण्डकी नगरपालिकालाई रु १८ लाख ८९ हजार र भीमाद नगरपालिकालाई रु ११ लाख ७९ हजार विनियोजन गरिएको छ । आँबुखैरेनी गाउँपालिकालाई रु २० लाख पाँच हजार, बन्दीपुर गाउँपालिकालाई रु १४ लाख ६० हजार, ऋषिङ गाउँपालिकालाई रु १० लाख, म्याग्दे गाउँपालिकालाई रु १० लाख  र देवघाट गाउँपालिकालाई रु १० लाख विनियोजन भएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चैतबाट बेरोजगार सूचीमा सूचीकृत भएकालाई रोजगार दिइने बन्दीपुर गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक शरणसिंह गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले माग गरेको योजनाबमोजिम बजेट विनियोजित गरी पठाएको छ । “कार्यक्रमका लागि कुन–कुन आयोजनामा रकम खर्च गर्ने भन्नेबारे गाउँपालिकाको कार्यपालिकाको बैठकले टुङ्गो लगाउनेछ”, गुरुङले भन्नुभयो ।

गत आर्थिक वर्षमा बेरोजगार सूचीमा सूचीकृत भएकाको तथ्याङ्क रुजु गर्ने काम भइरहेको बताउँदै गुरुङले गत वर्ष सूचीकृत भएकालाई नै चालु आवमा रोजगारी दिइने जानकारी दिनुभयो । “वैदेशिक रोजगारमा जान नसकेका, सीप भएका तर काम नपाएका बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि तथ्याङ्क रुजु गर्ने काम भइरहेको छ ।” उहाँका अनुसार आगामी आव २०७७/७८ मा कार्यक्रम सञ्चालनका लागि भने चैतमा आवेदन आह्वान गरिनेछ । जिल्लामा छ हजार बढी बेरोजगार सुचीकृत छन् । 

आँबुखैरेनी गाउँपालिकाले भने आगामी आव २०७७/७८ मा सञ्चालन गरिने रोजगार कार्यक्रमका लागि न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन आग्रह गरेको छ । स्थानीय तहमातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेरका बेरोजगार व्यक्तिलाई चैतभित्र बेरोजगार व्यक्तिको रुपमा सूचीकृत हुन आह्वान गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।

“गत वर्ष सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम आँबुखैरेनीमा प्रभावकारी बन्यो”, न्यौपानेले भन्नुभयो, “यस वर्ष पनि गाउँपालिकामा हुने विकास निर्माणका काममा बेरोजगार व्यक्तिलाई रोजगारी दिन्छौँ ।” यस्तै ऋषिङ र म्याग्दे गाउँपालिकाले पनि आगामी आवमा न्यूनतम रोजगारमा संलग्न भई विकास निर्माणका काम गर्न बेरोजगारको सूचीमा सूचीकृत हुन आह्वान गरेको छ । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरवास निर्माणलगायतका काम गरिएका थिए । 

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि १०० दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्ष उमेर समूहकाले फारम भरेका थिए । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम कामसमेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ । परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दाबी गर्न सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले