२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा नदीको पानी पवित्र बनाउन पूजापाठ

२ चैत्र २०७६, आईतवार ०६:५४

चैत २, दार्चुला | कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन्। अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् |

दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (टोसा) अन्तर्गत यहाँ गठन गरिएका महिला समूहले एकसाथ पूजा गरेर सो दिवस मनाएका हुन्।  व्याँस गाउँपालिका–५ को तिग्रम, महाकाली नगरपालिका–१ श्रीबगड, वडा नम्बर ८ को दत्तु, उडै तथा चुच्चै, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जौलजीवी तथा लेकम गाउँपालिकाको वडा नम्बर ३ राडमा गठन गरिएका महिला समूह सो कार्यमा सहभागी रहेका थिए |

पछिल्लो समय पवित्र नदी दूषित हुँदै गएको भन्दै नदीलाई स्वच्छ राख्नुपर्ने सन्देश दिन पूजापाठ गरिएको ६० वर्षीया लीला सामन्तले बताए। “हामी पुर्खौदेखि यही महाकाली नदीलाई पवित्र तीर्थस्थल मानेर पूजापाठ गर्छौँ”, उनले भने, “तर अहिले आएर दिनहुँ  नदीमा फोहर फाल्ने, ढल मिसाउने, दिसा मिसाउने तथा बजार क्षेत्रको फोहर नदीमा विर्सजन गर्दा नदीको पवित्रता ह्रास हुँदै गएको छ।”

सगरमाथा महिला सशक्तीकरण समूहका अध्यक्ष पुष्पा धामी नदी तटिय क्षेत्रका नागरिकले खानेपानीको रुपमा  नदीको पानी पिउनुपर्ने बाध्यता रहेको हुँदानदी सफाइमा सबैले लाग्नुपर्ने बताउँछन्। इतिहासका जानकार मदन गिरीले भने,  “कैलाश मानसरोवर भएर बग्ने महाकाली नदीमा स्नान गर्ने हो भने अन्य गङ्गामा स्नान गर्नुको अर्थ छैन।  नदीको पवित्रता र महत्व उतिबेलै स्कन्दपुराणमा उल्लेख गरिएको छ।” 

जिल्लामा सो  परियोजना लागू भएपछि सो नदीको महत्व र सरसफाइका बारेमा पैरवी हुन थालेको हो। सङ्कल्पका कार्यक्रम संयोजक नारायण जोशी  कार्यक्रममार्फत  नदीको प्रभावकारिता र महत्वबारे महिला समूहलाई जानकारी गराइएपछि अहिले आएर नदीको पानीको पूजा गरिन लागेको बताएँछन्। “नदीबाट के फाइदा लिन सकिन्छ, नदीको महत्व र उपयोगका बारेमा अहिले समूहमा छलफल गराउने गरेका छौँ”, सामाजिक परिचालक चन्द्रा सामन्तले भने, “नदीलाई प्रदूषित हुन नदिन अहिले ग्रामीण क्षेत्रका महिला सक्रिय भएका छन्।”

नदी प्रभावित क्षेत्रमा विभिन्न किसिमका सशक्तीकरण गर्दै जलवायु परिवर्तनमा महिलाले कसरी जुध्ने र वातावरण सन्तुलन राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न थालिएको परियोजना संयोजक जोशीले बताए। कार्यकारी निर्देशक नारायण जोशीले  भौगोलिक दृष्टिकोणबाट सङ्कटासन्न बस्तीमा पनि  परियोजना प्रभावकारी हुने र यो क्षेत्र नै कार्यक्रमको प्राथमिकतामा परेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने