Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विरोध र दवावपछि खुल्यो अस्पताल

२०७६, १२ चैत्र बुधबार ०४:०६

चैत १२, बागलुङ | चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो  अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गराएको थियो ।

 कोभिड –१९ परीक्षणलगायत सामग्री नभएकाले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकाले बन्द गर्न बाध्य भएको वताउनुभएको थियो । उहाँले सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकाले चिकित्सक तथा कर्मचारीले काम गर्न नमानेको रासससँग बताउनुभएको थियो । राससमार्फत अस्पताल बन्द भएको समाचार सार्वजानिक भएपछि सङ्कटको बेला अस्पताल बन्द गरेकामा चौतर्फी विरोध भएको थियो ।

सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए भने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बन्द गर्ने कार्य गैरजिम्मेवार भन्दै तत्काल कारवाही गरिने चेतावनी दिएपछि अस्पताल सञ्चालनमा आएको हो । नगरप्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मङ्गलबार रातिदेखि अस्पताल खुलेको सूचना व्यवस्थापनले आफ्नै सूचनापाटीमा टाँस गरेको छ । 

भएन नमूना सङ्कलन

स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) को अभाव हुँदा जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलन प्रभावित भएको छ । 

सुरक्षा कवचको अभावका कारण यही चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएकी बागलुङ नगरपालिका–४ का एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ । काठमाडौँमा कोरोना सङ्क्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजबाट आएकी बागलुङकी महिलाको नमूना सङ्कलनमा समस्या आएको हो ।

 घरमा नै बस्नुभएकी उनलाई केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायत लक्षण देखापरेपछि उनको परिवार मङ्गलबार अञ्चल अस्पतालको सम्पर्कमा आएको थियो । बिरामीको परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराए पनि सुरक्ष कवचका अभावमा कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न कठिन भएको अस्पतालका डा पूजन बल्लले जानकारी दिनुभयो । सुरक्षा कवच नभएकै कारण अस्पतालको आइसोलेशन कक्षसम्म उनलाई ल्याउन नसकिएको हो ।

  सुरक्षा कवच नलगाई बिरामीलाई आईसोलेशन वार्डसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मीसमेत बिरामीको नजीक जान नमिल्ने भएकाले समस्या भएको डा बल्लले बताउनुभयो । अस्पतालमा रहेका दुई थान सुरक्षा कवच सोमबार नै अस्पतालमा आएका बाग्लुङ नगरपालिकाकै अर्का बिरामीको स्वाब सङ्कलनमा प्रयोग भएको थियो । 

  अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले मङ्गलबार अपराह्न गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँच थान सुरक्षा कवच प्राप्त गर्नुभएको छ । पोखराबाट बाग्लुङ आउन समय लाग्ने भएकाले आज बिहानसम्म ती महिलाको घाँटीको स्वाब लिन सकिने अस्पतालले जनाएको छ । डा बल्लका अनुसार ती महिलालाई आज बिहान मात्रै आइसोलेशन वार्डमा लिन सकिने छ । मङ्गलबार भने ती बिरामी महिला घरमा नै क्वारेन्टाइनमा छिन् । जिल्लामा शङ्कास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरीद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।  

विपन्नलाई  दालचामल 

 सङ्क्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएका बेला काँठेखोला गाउँपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग गर्ने भएको छ । सबै आआफ्ना घरमा नै बस्नुपर्ने भएपछि बिहानबेलुका छाक टार्न समस्या भएका गाउँपालिकाका विपन्न जनतालाई खाद्यान्न राहत वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो । सो राहत दैनिक श्रमका आधारमा हातमुख चलाउनेलाई मात्र हो । “पालिकाभित्रका विपन्न जनता, जसलाई लकडाउनका कारण बिहानबेलुका छाक टार्न समस्या छ, लाई खाद्यान्न वितरण गर्न लागेका छाँै”, अध्यक्ष थापाले भन्नुभयोे, “प्रारम्भिक राहतका रुपमा प्रत्येक परिवारलाई एक बोरा चामल र दाल दिने तयारी गरेका छौ ।” परिस्थिति हेरेर राहत र सहयोगको मात्रा बढाइने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे