२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा निषेधाज्ञा जारी

२०७६, १२ चैत्र बुधबार ०४:१२

चैत १२, पाल्पा | सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । 

कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामपुरमा २० शैय्याको क्वारेन्टाइन 

कोरना भाइरस (कोभिड– १९) सङ्क्रमितको आशंका लागेकाहरुलाई राख्नका लागि रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा २० शैय्याको क्वारेन्टाइन बनाइएको छ । 

गाउँ गाउँमा स्वास्थ्यकर्मीसहितको घुम्ती टोली परिचालन गर्ने र शङ्कास्पद लागेका व्यक्तिलाई बुधवारदेखि क्वारेन्टाइनमा राखिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट नगरपालिका भित्रिएका नागरिक र शङ्कास्पद लागेका नागरिकलाई क्वारेन्टाइनमा ल्याएर राख्नेछौ, तत्काललाई वीस शैय्याको क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार दुईसय शैय्यासम्मको बनाउने तयारीमा छौँ ।”

भारतलगायत तेस्रो मुलुकबाट नगर भित्रिएका नागरिकलाई सम्बन्धित वडा कार्यालयको अगुवाइमा पहिचान गरी क्वारेन्टाइनमा राखिने उहाँको भनाइ छ । नगरपालिकाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चार वटा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट र दुई वटा गन थर्मोमिटर व्यवस्थापन गरेको छ । विभिन्न स्थानमा हेल्प डेस्क सेवा पनि दिइरहेको छ ।

पाल्पाका ८९ सवारीसाधन नियन्त्रण

जिल्ला प्रहरी कार्यालय पाल्पाले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी चलाएको भन्दै ८९  सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ८९ सवारीसाधन नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तानसेन नगरपालिकामा ३० मोटरसाइकल र ११ ट्रक गरी ४१ सवारीसाधन तथा  रामपुर नगरपालिका क्षेत्रबाट ३२ मोटरसाइकल, नौ स्कुटर, पाँच ट्रक र दुई ट्रयाक्टर गरी ४८ सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ती सवारी साधनलाई कागज बनाएर छाडेको प्रमुख काफ्लेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने