२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोभिड–१९: कास्कीमा विभिन्न कार्ययोजना निर्माण

२०७६, १२ चैत्र बुधबार ०४:१४

कृष्ण दवाडी | चैत १२, कास्की | विश्वव्यापी फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न कास्कीका स्थानीय तहले क्वारेन्टाइन निर्माण लगायतका कार्ययोजना बनाएका छन् । 

पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको यो जिल्लामा पाँचवटै स्थानीय तहले नेपाल सरकारले कोरोना सङ्क्रमण रोक्न घोषणा गरेको ‘लकडाउन’लाई प्रभावकारी कार्यान्वयन गरी आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माणलगायत सचेतनामूलक कार्यक्रम गरेका छन् । 

फ्रान्सबाट नेपाल आएका एक युवतीमा कोरोना सङ्क्रमण देखिएपछि यहाँ सबैजसो स्थानीय तहले कोरोना सङ्क्रमित मुलुक तथा अन्य देशहरुबाट हालै फर्किएकाहरुलाई विशेष निगरानी तथा उनीहरुको तथ्याङ्क सङ्कलनमा जोड दिएका छन् ।

रुपा गाउँपालिकाले सङ्क्रमण रोक्नका लागि विदेशबाट फर्किएका सबै नागरिकलाई अनिवार्य रुपमा कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । गाउँपालिकाको वडा नं –५ देउरालीस्थित विश्व शान्ति माध्यमिक विद्यालयमा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा बस्न मङ्गलबार पहिलो दिनमा नै १३ जना पुगेका छन् । क्वारेन्टटाइमा राखिएका उनीहरु भारत, साउदी, दुबई, मलेसिया, कतार लगायतका देशबाट फर्किएका हुन् । गाउँपालिकाले विदेशबाट फर्किएका सबैको तथ्याङ्क लिएर सबै जनालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने योजना बनाएको छ । 

गाउँपालिकाले निर्माण गरेको २० शैय्या क्षमताको सुविधासम्पन्न क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको देउरालीमा निर्माण गरिएको सो क्वोरन्टाइनमा रोजगारीबाट फर्किएका गाउँवासीलाई १४ दिनसम्म अनिवार्य राख्छौँ । यसको सम्पूर्ण खर्च गाउँपालिका आफैले गर्छ, कोरोना नभएको पुष्टीभएसँगै उहाँहरुलाई घर पठाउँछौँ ।”

क्वारेन्टाइनमा बस्ने नागरिकका लागि फ्री वाइफाई, शुद्ध पीउने पानी, टेलिभिजन तथा खानपान र औषधि उपचारको व्यवस्था पनि गाउँपालिकाले नै गर्ने भएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि दुई स्थानमा क्वारेन्टाइन बनाउने भएको छ । पोखराको सृजनाचोकस्थित लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा १०० शैय्या र नदीपुरस्थित पद्यम नर्सिङ होमको स्वामित्वमा रहेको (पुरानो बृद्ध) हस्पिटलमा ५० शैय्याको क्वारेन्टाइन तयार गरिएको उपप्रमुख मञ्जुदेवी गुुरुङले जानकारी दिनुभयो । 

दुबै अस्पतालमा आवश्यक बेड लगायत उपचारका सामाग्री तयारी अवस्थामा रहेकाले आजबाट सञ्चालनमा आउने उहाँको भनाइ छ । महानगरले पनि ३३ वटै वडामा हालै विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन शुरु गरेको र उनीहरुमा कोरोनाको लक्षण देखिएमा क्वारेन्टाइन तथा आइसोलेसन कक्षमा राखेर उपचार गरिने जनाएको छ । 

जिल्लामा स्थानीय सरकारहरुले सङ्घीय सरकारले कोरोनाबाट सुरक्षित रहन गरेका निणर्यलाई आत्मसाथ गर्दै लकडाउनको प्रभावकारी कार्यान्वयनसँगै आ–आफ्नो क्षेत्रमा अनुकूल हुने गरी कोरोना भाइरससँग लड्ने योजना बनाएका छन् । आवश्यक स्वास्थ्य सामग्रीको जोहो तथा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, माइकिङ्ग तथा महिला स्वास्थ्य स्वयमसेविकालाई प्रचारप्रसारको कार्यमा परिचालन गरिएको छ । कोरोनाको जोखिमबाट लड्नका लागि सबै पालिकाले विभिन्न कार्ययोजना बनाएका छन् । गाउँका विकट वस्तीसम्म पुगेर कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि जनतालाई सचेत र जागरुक बनाउने कार्यक्रम स्थानीय सरकारको छ । 

सरकारले लकडाउन गरेसँगै अहिले गाउँमा भीडभाड बढेको छ । विभिन्न पेशा व्यवसाय तथा रोजगारीका लागि शहरमा बसेकाहरु गाउँ फर्किन थालेसँगै सङ्क्रमण बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर स्थानीय सरकार चनाखो बनेका छन् । माछापुच्छ«े गाउँपालिकाले वडा नं ६ को भेँडाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन कक्ष बनाउन शुरु गरेको छ । त्यसैगरी केही विद्यालयलाई क्वारेन्टाइन कक्ष बनाउने काम समेत अघि बढेको अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो ।  “कोरोनाको सङ्क्रमणसँग अहिले विश्व लडिरहेको अवस्थामा हामीले पनि आफ्नो पालिकाभित्रका जनतालाई जोखिमबाट सुरक्षित राख्नुपर्दछ भनेर मुख्यतः सचेतना कार्यक्रममा जोड दिएका छौँ”,  अध्यक्ष गुरुङले भन्नुभयो, “सरकारले घोषणा गरेको लकडाउनलाई हाम्रो क्षेत्रमा समेत कडाइका साथ पालना गराउन लागि परेका छौँ । 

माछापुच्छ गाउँपालिकाभित्र कोरोनाका शङ्कास्पद विरामी देखिएको खण्डमा गाउँपालिकाकै खर्चमा एम्बुलेन्स व्यवस्था गरी अस्पताल पु¥याउने तथा विदेशबाट फर्किएकालाई विशेष निगरानी राख्ने गरिएको र घरभित्रै बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा विपद् कोषका लागि विनियोजन गरेको रु २० लाख वजेटबाट नै कोरोना सङक्रमणका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद लगायतका कार्यक्रम गर्ने जनाएको छ । 

जिल्लाको मादी गाउँपालिकाले १२ वटै वडाका स्वास्थ्य संस्थामा हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्यकर्मीबाट परामर्श दिएको छ । त्यसैगरी वडा कार्यालय तथा स्वास्थ्य संस्थामा जनचेतनामूलक व्यानर तथा प्रचा वितरण, कोरोना सङ्क्रमण फैलिएका तथा अन्य मुलुकहरुबाट हालै गाउँमा आएकाहरुको तथ्याङ्क लिन शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले ११ वटै वडाका विकट गाउँसम्म पुगेर माइकिङमार्फत स्थानीयवासीलाई कोरोनाबाट सचेत बन्न आग्रह गरिरहेको छ । 

विदेशबाट फर्किएकाहरुलाई तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, अनावश्यक भीडभाड नगर्न तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन र कोरोनाको लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउनका लागि माइकिङ गरेर आह्वान गरिएको गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी