२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

विदेशबाट फर्किएकाको लगत सङ्कलन

२०७६, १२ चैत्र बुधबार ०४:३९

चैत १२, नुवाकोट | नुवाकोटको किस्पाङ गाँउपालिकाले विदेशबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन शुरु गरेको छ । 

पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचित जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली लगत सङ्कलनका लागि  घरघरममा परिचालन गरिएको छ । 

“कोरोना भाइरसको सङ्क्रमणको जोखिम नहोस् भन्ने उद्देश्यले पछिल्लो एक महिनामा विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन थालिएको छ”, अध्यक्ष लामाले भन्नुभयो, “घरघरमा पुगेका टोलीले उनीहरु फर्किएको राष्ट्र, विमानमा ट्रान्जिट भएको स्थान, कुन मितिमा आएको हो, त्यसको सम्पूर्ण जानकारीसहित अहिलेको स्वास्थ्य अवस्थाको परीक्षणको व्यवस्था लिइने छ ।”

विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षण गराई सङ्क्रमण भए/नभएको सम्बन्धमा ढुक्क रहन तथा उनीहरुको कारण हुनसक्ने जोखिम अन्त्य गराउन शुरु गरिएको लगत सङ्कलन  कार्य तीनदिन भित्र पूरा गर्ने लक्ष्य बनाएको वडा नं. २ का वडाध्यक्ष देवनाथ भट्टले जानकारी दिनुभयो । 

गाउँपालिकाभित्र पछिल्लो एक महिनाको अवधिमा विदेशबाट कोही आएको तथा आएर फर्किएको भएमा त्यसको सूचना गाउँपालिकाको कार्यालय एवम् जननिर्वाचित पदाधिकारी, वडा कार्यालय, स्थानीय स्वास्थ्य चौकी एवम् प्रहरी चौकी फिकुरीमा जानकारी दिन आह्वान पनि गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने