चैत १२, रुपन्देही | संयुक्त एम्बुलेन्स चालक सङ्घ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
सङ्घको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११ चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी अवस्थामा राखिएको ट्रेड युनियन शाखा भैरहवाका सचिव श्याम मुराउले जानकारी दिनुभयो । सचिव मुराउका अनुसार विश्वमा कोरोनाको सङ्कट परिरहेका बेला देशलाई सहयोग पुर्याउने उद्देश्यले आफूहरु संस्थागत रुपमा अगाडि बढेको बताउनुभयो । रासस