२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुनवलमा १०० शैयाको क्वारेन्टाइन तयार

२०७६, १२ चैत्र बुधबार ११:२९

चैत १२, नवलपरासी | पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११ जर्गाहामा १०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका शङ्का लागेकालाई सुरक्षित साथ राख्न सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाको संयुक्त पहलमा क्वारेन्टाइन निर्माण गरिएको हो । 

महाविद्यालयको परिसर अगाडि रहेको खाली चौरमा ५० वटा टेन्ट राखेर १०० श्ययाको आधारभूत सुविधासहितको क्वारेन्टाइन तयार गरिएको नगर प्रमुख भीमबहादुर थापाले राससलाई जानकारी दिनुभयो । क्वारेन्टाइनमा प्रत्येक टेन्टभित्र दुई/दुई वटा श्ययाको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “कोरोनाको यो महामारीविरुद्ध लड्न हामीले १०० जनालाई एकैसाथ राख्न सक्ने गरी यो क्वारेन्टाइन निर्माण गरेका हौँ, न्यूनतम मापदण्डहरु पूरा गरेका छौँ, टेन्ट महाविद्यालयले सहयोग गरेको छ भने यहाँ आवश्यक अन्य सामग्री नगरपालिकाबाट व्यवस्था मिलाइएको छ ।”

क्वारेन्टाइनमा महाविद्यालयका चिकित्सक र सुनवल नगरपालिकाका स्वास्थ्यकर्मी उपचारमा खटिने छन् भने औषधि र आवश्यक उपकरणको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा राखिएका केही श्यया विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको छ भने यहाँ आवश्यक पर्ने खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तु सहयोग गर्न उद्योग वाणिज्य सङ्घलाई आग्रह गरिएको नगर प्रमुख थापाले बताउनुभयो । 

महाविद्यालयका प्रहरी र नगरपालिकाका कर्मचारीको संयुक्त पहलमा एक दिनमै क्वारेन्टाइन निर्माण भएको महाविद्यालयका प्राचार्य वसन्त कुँवरले बताउनुभयो । क्वारेन्टाइनस्थलमा बिजुली, खानेपानीको प्रबन्ध गरिएको छ भने १२ वटा शौचालय निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई सङ्क्रमित भएको आशङ्का लागेमा खबर प्राप्त भएको १५ मिनेटमा उद्धार गरी क्वारेन्टाइनस्थलसम्म ल्याउने र त्यसका लागि तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि आफूहरुले टुथपेस्ट, ब्रस, बिस्कुटलगायतका दैनिक उपभोग्य वस्तु सहयोग गर्ने सुनवल उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिनुभयो । 

विपद्को यो समयमा पनि कसैले कालोबजारी गरेको वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा ठाउँको ठाउँ कारवाही गर्ने नगर प्रमुख थापाले बताउनुभएको छ । कोरोनाको सम्भावित जोखिमलाई मनन गर्दै नगरपालिकाले एक महिनादेखि नगरभित्र सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको छ भने हाटबजार पनि बन्द गराएको छ । सरसफाइ र सचेतनाका कार्यक्रमलाई जोड दिँदै आएको नगरपालिकाले जनाएको छ । 

यसैगरी पश्चिम नवलपरासीका अन्य स्थानीय तहले पनि क्वारेन्टाइन निर्माणलाई तीव्रता दिएका छन् । रामग्राम नगरपालिकाले परासीस्थित आदर्श माविमा ५० श्ययाको क्वारेन्टाइन निर्माण गर्र्दैछ भने पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका तथा बर्दघाट नगरपालिकाले पनि क्वारेन्टाइन निर्माणको कार्यलाई अगाडि बढाइसकेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाले शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पाँच श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते