Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग

२०७६, १३ चैत्र बिहीबार ०३:५८

चैत १३, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरिएको छ । 

शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा लगाउनुपर्ने पिपीइ सहयोग गरेको हो । नगरप्रमुख किसान गुरुङले एक थान पिपीइ र एक थान थर्मलगन उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठलाई बुधबार हस्तान्तरण गर्नुभयो । शङ्कास्पद बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मी पनि सुरक्षित रहनुपर्ने भएकाले नगरपालिकाको तर्फबाट उक्त सामग्री प्रदान गरिएको नगरप्रमुख गुरुङले जानकारी दिनुभयो ।

कोरोना भाइरसको शङ्कास्पद बिरामी र अन्य रोगका बिरामीको स्वास्थ्य परीक्षण गर्दा सुरक्षित हुन पिपीइले सहयोग पुग्ने अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यस्ता सामग्री पर्याप्त भएमा स्वास्थ्यकर्मीको मनोबल उच्च भई उपचारमा लाग्न प्रेरित हुने बताउनुभयो । 

आइसोलेसन कक्ष स्थापना

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

अस्पतालमा कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि बाह्र श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ । 

बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालका स्वास्थ्यकर्मीलाई तीन थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) उपलब्ध गराएको छ । कोरोना सङ्क्रमित बिरामीको सुरक्षितरूपमा स्वास्थ्य परीक्षण गर्नका लागि सामग्री उपलब्ध गराएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुर अस्पतालमा आठ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । लकडाउनको अवधिमा राजमार्गमा सञ्चालन हुने अत्यावश्यक सवारी साधनका चालकको पनि थर्मलगनबाट तापक्रम नाप्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यस्तै व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आठ, म्याग्दे गाउँपालिकास्थित जामुने स्वास्थ्यचौकीमा पाँच, शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पतालमा चार, घिरिङ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा दुई र देवघाट गाउँपालिकास्थित धर्मार्थ अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष तयार भइसकेको बताइएको छ । 

आदेश उल्लङ्घन गर्ने १७० सवारीसाधन नियन्त्रण

नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १७० सवारी साधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानबाट उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले लकडाउन उल्लङ्घन गर्ने १०९ मोटरसाइकल, ५५ स्कुटर, दुई ट्रक, एक कार, एक भ्यान, एक ट्र्याक्टर र एक रिक्सा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीप, कास्कीको सिमाना कोत्रेबजार, सदरमुकाम दमौलीलगायत राजमार्ग क्षेत्रका सात स्थानमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारको आदेश नमानी अटेर गरी सवारी साधन सञ्चालन गर्नेलाई साधन नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित