२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै, सचेत बन्दै नागरिक

१३ चैत्र २०७६, बिहीबार ०४:०१

सुशीला रेग्मी | चिअत १३, पाल्पा | कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । 

रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले तत्कालका लागि २४ श्ययाको क्वारेण्टाइनकक्ष तयार पारिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

बाहिरबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर १४ दिनसम्म क्वारेन्टाइन कक्षमा राखिने उहाँले बताउनुभयो । तानसेन नगरपालिका–६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पचास श्ययाको क्यारेन्टाइन कक्ष बनाउँदैछ । तिनाउ गाउँपालिकाले दोभान माविमा १० श्ययाको क्वारेन्टाइन बनाएको छ । विदेशबाट आएका र कोरना भाइरससँग सङ्क्रमित भएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर क्यारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तत्कालका लागि १० श्ययाको क्वारेन्टाइन बनाए पनि यसलाई विस्तार गर्दै जाने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । दोभान प्रहरी चौकीमा बाहिरबाट प्रवेश गर्ने यात्रुहरुको थर्मल स्क्यानर मेसिनद्वारा स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष मगरले जानकारी दिनुभयो । रम्भा गाउँपालिकाको रम्भा माविमा ५० श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको छ । विद्यालयमा दुई कोठामा क्वारेन्टाइनको व्यवस्था, शुद्ध खानेपानी, ग्यास तथा खाद्यान्न, लत्ताकपडा, बिजुली जडानको व्यवस्थापन गरेको छ ।

बाहिरबाट गाउँपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच, तीन सामुदायिक स्वास्थ्य केन्द्र भवन, चार स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हातधुने व्यवस्था, स्यानिटाइजर, पञ्जालगायत सामग्रीको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

बगनासकाली गाउँपालिकाको चन्द्र माविमा २०, रिब्दीकोट गाउँपालिकाको सरस्वती माविमा १८, माथागढी गाउँपालिकाको दिपज्योति नमूना माविमा १५ श्ययासहितको क्वारेण्टाइन तयार गरिएको छ ।

भारतबाट फर्केका होम क्वारेन्टाइनमा

पाल्पाको रामपुर नगरपालिकामा भारतबाट फर्किएका ४२ जना होम क्वारेन्टाइनमा बसेका छन् । केही दिनअघि भारतबाट गाउँ फर्केका रामपुर नगरपालिका–१० का नागरिक कोरना भाइरसबाट सजग रहन होम क्वारेन्टाइनमा बसेको पाइएको छ ।

रामपुर नगरपालिकाले घुम्ती टोलीका क्रममा बुधबार भारतबाट फर्केका यहाँका ४२ नागरिक आफ्नो सुरक्षाका लागि सतर्क रही होमक्वारेन्टाइनमा बसेको भेटिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । “भारतबाट भर्खर आएका धेरै नागरिक छन् भनी थाहा पाएपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली घरघरमा पुगेर सोधपुछ गर्दा उनीहरु आफैं सजग रहेर होमक्वारेन्टाइनमा सुरक्षित तरिकाले बसेको पाइएको छ”, नगरप्रमुख थापाले भन्नुभयो ।

कोभिड–१९ को सचेतनास्वरुप भारतलगायत तेस्रो मुलुकबाट आएकालाई होमक्वारेन्टाइन तथा रामपुर नगरपालिकाले तयार पारेको क्वारेन्टाइन कक्षमा बस्न सुझाव दिइएको नगरप्रमुख थापाको भनाइ छ । बाहिरबाट गाउँ आएका नागरिकको वडा–वडामा निगरानी गर्ने काम भएको छ । यस्तै रामपुर नगरपालिकाले विभिन्न सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सुनसान बन्दै पाल्पा

सरकारले लकडाउन गरेपछि पाल्पा जिल्लाको वातावरण सुनसानमय बनेको छ । अति आवश्यक सवारी साधन केही फाट्टफुट्टरूपमा मात्र चलेका छन् भने नागरिक घरबाट बाहिर निस्केका छैनन् । जिल्ला सदरमुकाम तानसेन, रामपुर, आर्थोकलगायतका बजार ठप्प छन् । जिल्लाका १० वटै स्थानीय तहमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि  नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेत गराइएको छ ।

जिल्लामा सञ्चालन हुँदै आएका विभिन्न व्यापार, व्यवसाय, उद्योग कलकारखाना बन्द छन् । विभिन्न योजनाका काम पनि बन्द गरिएको छ । जिल्लाका मुख्य नाकामा आवतजावत बन्द गरिएको छ । रामपुर नगरपालिकामा लकडाउनलाई मजबुत बनाइएको छ । रामपुरका विभिन्न सीमानाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट घर आएका नागरिकलाई खोजी गर्न र उनीहरुको स्वास्थ्य परीक्षणका लागि घुम्ती टोली परिचालन गरिएको छ । शङ्कास्पद लागेमा उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर रामपुर नगरपालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । 

सचेत बन्न थाले नागरिक 

नागरिक पनि सचेत बन्न थालेका छन् । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा लकडाउनको समर्थनमा नागरिक लागेका छन् । लकडाउनको पहिलो दिन केहीले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मङ्गलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा लगाएको छ । नागरिक सुरक्षाका लागि सेल्फ क्वारेण्टाइनमा बसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य