२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

‘लकडाउन’का समयमा तीन सरकारी कार्यालयमा चोरी

२०७६, १३ चैत्र बिहीबार १३:२६

चैत १३, राजविराज | कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको  चोरी भएको  छ  । 

नगरपालिकामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधबार मध्येराति लाखौँ रुपैयाँ बराबरको सरसमान चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिनुभयो ।

कोरोना भइरसका कारण विश्वभर महामारी फैलिएकाले नेपालमा संक्रमण हुन नदिन लकडाउन गरिएका बेला नगरपालिका  वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयका ताल्चा फुटाएर चोरी भएको हो । कार्यालयहरुबाट राजश्वतर्फ उठाइएको रु १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पङ्खा तथा एक थान इन्टरनेट चलाउने राउटर चोरी गरेको वडा अध्यक्ष यादवले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते