२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जनप्रतिनिधिको एक महिनाको सुविधा कोरोना कोषमा

२०७६, १४ चैत्र शुक्रबार ०४:१२

चैत १४, खोटाङ  | विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो एक महिनाको पारिश्रमिक सरकारको कोरोना रोकथाम कोषमा जम्मा गर्ने भएका छन् । गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पाँच वटै वडाका वडाध्यक्षले गाउँपालिकामा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा आफूले पाउने सेवासुविधा जम्मा गर्ने भएका हुन् ।

गाउँपालिकाका २९ जना कार्यपालिका सदस्यको चैत महिनाको सेवासुविधा कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिनुभयो । “विपद् व्यवस्थापन गर्न सबैको एकता अपरिहार्य छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा कार्यरत निजामती कर्मचारी तथा शिक्षकलाई पनि पाँच÷पाँच दिनको सेवासुविधा कोषमा जम्मा गर्न आग्रह गरिएको छ ।”

साकेला गाउँपालिकामा शिक्षक सेवाअन्तर्गत २०० तथा निजामती कर्मचारीतर्फ ४० कार्यरत रहेको प्रशासन प्रमुख सुवास राईले जानकारी दिनुभयो । त्यसैगरी तावाताल निर्माणको लागि छुट्टिएको रु ७० लाख बजेटबाट २० प्रतिशत रकमसमेत रकमान्तर गरी सोही कोषमा राखिने भएको छ । आपतकालीन अवस्थामा खर्च गर्ने गरी उक्त कोषमा रकम रकमान्तर गरिने भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईले बताउनुभयो । गाउँपालिकाको कार्यालयमा भएको बैठकमा गाउँपालिका प्रमुख खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई आगामी दिनमा अनिवार्यरूपमा कार्यालयमै तैनाथ रहन निर्देशनसमेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल