९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श, हेल्थ डेस्कमा ३३ हजार ८४९ जनाको जाँच

१४ चैत्र २०७६, शुक्रबार १३:३७

शंकर के सी | चैत १४, सल्यान | विदेशबाट फर्किएकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले खोजी गर्दै घरमै गएर परामर्श दिने कार्यलाई जारी राखेको छ । भारत, कतार लगाएतका देशबाट आएका नागरिकहरुलाई खोजी गर्दै उनीहरुको घरमै पुगेर छुट्टै बस्न आग्रह सहित आवश्यक परामर्स दिइएको गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरस फैलन नदिन सकेसम्मको प्रयास गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट स्थीत हेल्थ डेस्कमा आएकालाई त्यहिँ नै र पैदल मार्फत अन्यत्रको बाटो हुँदै गाउँ आएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी सहित घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न लगाइएको जनाए । गाउँपालिकाका ६ वटै वडाहरुमा सतर्कता समिती गठन भएका छन् भने गाउँगाउँमा पर्चा, पमपलेट लगाएतका माध्यमबाट पनि सतर्कताका क्रियाकलापहरु सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।


कपुरकोट ६ मा ४ जना, कपुरकोट ४ मा एक जना र कपुरकोट ३ मा एक जना विदेश बाट फर्केर आएका ब्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारि दिए ।

यसैविच गत चैत्र १ गते देखि कपुरकोटमा सुरु भएको हेल्थ डेस्कमा विदेशबाट फर्किएका २ सय ८५ जनाको जाँच गरिएको छ । २४ सै घण्टा हेल्थ डेस्क संचालनमा रहेको र हाल सम्म ३३ हजार ८४९ जनाको कोरोना स्क्रिनिङ परीक्षण गरिएको फोकल पर्सन सेनले जानकारी दिए । 

विदेशबाट फर्किएकाहरु स्वयम आफु र आफ्नो परिवारलाई संक्रमणबाट बचाउन सचेन नहुने हो भने र उनीहरुलाई आवशयक परामर्स दिन नसक्ने हो भने सानो गल्तीबाट ठूलो समस्या ब्यहोर्नपर्ने अवस्था आउन सक्ने फोकल पर्सन सेनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता