२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हात-हतियार सहित २ जना प्रहरीको नियन्त्रणमा

२०७६, १५ चैत्र शनिबार ०४:२२

श्याम थापा | चैत १५, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई हातहतियार सहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ । 

विश्वभरी फैलिएको कोविड १९ कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको मौका छोपेर रातीको समय लुट्न बसेका सुस्ता ४ नर्सहीको जर्लैयाका दुई जना युवकलाई गए रातीको समय करिब १२ बजे तिर ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो । नियन्त्रण पर्नेमा सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको आस बहादुर गुरुङ्ग र सोही स्थानमा बस्ने करिब ४५ बर्षको नरेश गुरुङ्ग रहेका छन् ।

पक्राउ परेका गुरुङ्गहरुले गए राती करिब १२ बजेको समयमा सुस्ता ५ पक्लिहवाको रतनगन्ज बस्ने अशोक ठाकुरले डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर धम्काएको अशोक ठाकुरले बताए । 

आफुहरुलाई बाटोमा रोकेर खुकुरी देखाएर धम्काउदै गरेको भन्दै ठाकुरले ईलाका प्रहरी कार्यालय बेलाटारीलाई खबर गरेको उनले बताए । खबर गरेको केही समयमा सो स्थानमा पुगेका इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको टोलि र नर्सही प्रहरी चौकीको टोलीको सक्रियतामा गुरुङ्गहरुलाई खुकुरी सहित नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताएका छ्न भने पक्राउ परेका दुबै गुरुङ्गलाई ईलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते