२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रदेश ५: २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

१६ चैत्र २०७६, आईतवार ०३:१५

चैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको जानकारी  दिनुभयो ।

उहाँका अनुसार  १३ जनामध्ये केहीको रिपोर्ट आउन बाँकी रहेको र केहीको रिपोर्टको प्रक्रियामा रहेका छन् । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि  लकडाउन भएपछि हवाइसेवा बन्द हुँदा बिरामीको स्वाब जाँचका लागि गाडीबाट काठमाडौँ पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको समेत उहाँले जानकारी दिनुभयो ।

शङ्कास्पदको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएकामध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट १७  र भीम अस्पताल भैरहवाबाट एक जनाको पठाइएकामा १६ जनाको नेगेटिभ रिपोर्ट आएको र दुई जनाको परीक्षणको प्रक्रियामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा सबु काफ्लेले जानकारी दिनुभयो । 

यस्तै प्रदेशअन्तर्गत दाङबाट पाँच जनाको स्वाब नमूना पठाइएकामा सबै रिपोर्ट नेगेटिभ देखिएको छ । बाँकेबाट १३ जनाको नमूना पठाइएकामा सात जनाको नेगेटिभ रिपोर्ट देखिएको र अन्य ६ जनाको रिपोर्ट परिक्षणको प्रक्रियामा रहेको समेत डा काफ्लेले जानकारी दिनुभयो । 

प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका चार सरकारी अस्पतालमा आइसोलेशन वार्ड खोल्ने निर्णयपछि प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङको तुल्सीपुर उपमहानगरपालिका १९ बेलझुण्डीस्थित केन्द्रीय आर्युवेद विद्यापीठ र बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताला आइसोलेशन वार्ड निर्माण गरेर सञ्चालनमा आइसकेका छन् । 

सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख चौधरीका अनुसार बुटवलको धागो कारखानामा निर्माण गरिएको आइसोलेशन अस्पतालमा ५० शय्या, भीम अस्पतालमा ३० शय्या, दाङको बेलझुण्डीस्थित आयुर्वेद विद्यापीठमा ७० शय्या क्षमताको निर्माण गरिने लक्ष्य भए पनि हाल ३० शय्या स्थापना गरिएको र बाँकेको सुशील कोइराला  अस्पतालमा ३० शय्याको आइसोलेशन वार्ड निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । यससँगै प्रदेशभित्र सञ्चालनमा रहेका निजी अस्पताल तथा मेडिकल कलेजले समेत आइसोलेशनको व्यवस्था गरेको उहाँले बताउनुभयो । 

कोरोना संक्रमितका बिरामीको उपचार वा संक्रमणको आशंकामा अस्पतालमा आएका बिरामीको उपचार तथा स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन स्वास्थ्यकर्मी सुरक्षा सामग्री(पिपिई) समेत पर्याप्त नभएको र यसको व्यवस्थाका लागि पहल भइरहेको छ । 

प्रदेशका १२ जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा अहिलेसम्म १५३ जनालाई राखिएको र उनीहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमै राखेर स्वास्थ्य अवस्था रेखदेख गरिने बताउनुभयो । महाशाखा प्रमुख चौधरीका अनुसार कोरोना भाइरसको संक्रमणको रोकथामका लागि समुदायलाई सामाजिक दूरी कायम गर्ने, सरसफाइलगायत विषयमा ध्यान दिन र लकडाउनलाई पूर्णरुपले पालना गर्न जनचेतना जगाउने कार्यलाई जोड दिइएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला