२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अन्नपूर्णमा ७० लाखको आकस्मिक कोष

२०७६, १६ चैत्र आईतवार ०३:२५

चैत १६, गलकोट | उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु ७० लाखको आकस्मिक कोष स्थापना गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न रु ७० लाख बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

गाउँपालिकाका आठ वटै वडामा तीन÷तीन श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरिने भएको छ भने भुरुङ तातोपानीको सर्वोदय माविमा थप आवश्यकता परेकालाई राखिने अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाभित्र कोरोनाको जोखिमलाई मध्यनजर गरी गाउँपालिका अध्यक्ष पुनको अध्यक्षतामा प्रशासकीय अधिकृत सुवेदी, वडा नं २ का अध्यक्ष ओमबहादुर फगामी, कार्यपालिका सदस्य आत्म तुलाचन र स्वास्थ्य संयोजक समुन्द्र बरुवाल सदस्य रहेको एक्सन टोलीसमेत गठन भएको छ । 

त्यस्तै अध्यक्ष पुनको व्यक्तिगत खर्चमा दुई र पालिकाले तत्काललाई सात  वटा गरी नौ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) समेत व्यवस्था गरिएको छ । एक्सन टोलीले गाउँपालिकाभित्र आवश्यकता परेमा तत्काल सहयोग गर्ने गरी थप निर्णय गर्न सक्ने अध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकाले विदेशबाट पछिल्लो एक महिनायता आएकहरुको विवरण र अवस्था सङ्कलन गरी चैत १ गते यताकालाई क्वारेन्टाइनमा राख्ने भन्दै तत्काल सम्पर्कमा आउनसमेत अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते