२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सघन उपचार कक्ष छैन धवलागिरि अस्पतालमा

१६ चैत्र २०७६, आईतवार ०३:५५

चैत १६, बागलुङ | पहिलेको धौलागिरि अञ्चलका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र धौलागिरि अञ्चल अस्पतालमा आपत्कालीन अवस्थामा बिरामी राख्ने सघन उपचार कक्षको व्यवस्था भने छैन ।

कोभिड–१९को संक्रमण हुन सक्ने त्राससँगै अञ्चल अस्पतालमा आइसियुको अभाव महसुस गर्न थालिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यही अस्पतालमा राखिएको छ । उनको अवस्था सामान्य रहेकाले समस्या नरहेको चिकित्सक बताउँछन् । यदि उनीलगायत अरुलाई आइसियुमा राख्नुपर्ने अवस्था आए यहाँ सम्भव छैन । आइसियुमा बस्नुपर्ने अवस्थामा यहाँ आउने गरेका बिरामीलाई पोखराका विभिन्न अस्पतालमा सिफारिस गरिँदै आएको छ ।

‘हामीसँग आईसियुका लागि इक्विपमेण्टहरु छैनन्, जनशक्ति पनि केही थप्नुपर्ने हुन्छ’ अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी. पोखरेलले भन्नुभयो, ‘कोरोनाका सामान्य बिरामी आए हामीसँग आइसोलेसन बेड छ तर भेण्टिलेटर चलाउनुपर्ने अवस्थामा हामीले बिरामी लिन सक्दैनौं ।’ ‘कोरोनाको संक्रमण भएर उच्च ज्वरो तथा अन्य लक्षण देखापरे आइसियुमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ, संक्रमण फैलिएर बिरामी आए भने अस्पतालले सुविधा दिन सक्ने अवस्था नरहेको डा  पोखरेलले बताउनुभयो ।

कोरोनाको सन्त्रास धौलागिरिका सबै जिल्लामा छ । केही दिनअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेसँगै उनीसँगै आएकाहरुको खोजी भइरहेको छ । सँगै जहाजमा आउनेहरु पर्वत, बागलुङलगायत जिल्लाका रहेकाले सम्भावित संक्रमणको खतरा यहाँ छ । ‘आइसियुको लागि हामीले आएदेखि  नै प्रयास थालेका हौं’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भन्नुभयो, ‘सरकार केही पठाउँदैन, हामीले चाहेर मात्रै हुने कुरा रहेनछ ।’ 

आइसियुका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको तयारीमा आफूहरु  भए पनि मेडिकल इक्विपमेण्टकै सुनिश्चितता नभएको अध्यक्ष रानाको  जिकिर छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य