२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

२०७६, १८ चैत्र मंगलवार ११:२७

हरि बास्तोला, चैत १८, पोखरा (रासस) । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो । 

बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिकको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइपुगेको हो । मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ ।

उपकरणसँगै अब कोरोनाको परीक्षण एक घण्टामा नै गर्न सकिने वीर अस्पतालका विज्ञ बलराम गौतमले जानकारी दिनुभयो । यसअघि नमूना परीक्षणका लागि काठमाडौँ नै पठाउनुपर्ने बाध्यताका कारण प्रदेशबाट पठाइएको नमूनाको रिपोर्ट आउने २४ देखि ४८ घण्टासम्म लाग्ने गरेको थियो । “यो प्रोटेवल मेसिन हो, परीक्षण गरिएको एक घण्टामा रिपोर्ट आउँछ”, उहाँले भन्नुभयो, “परीक्षण सेवा आजैबाट शुरु गरिनेछ, हामी मेसिन सञ्चालन गरेर मात्रै फर्कन्छौँ ।”

पोखरामा नै परीक्षणका लागि उपकरण आएपछि अब नमूना काठमाडौँ पठाउन नपर्ने भएको छ । मेसिनबाट दैनिक १५ देखि २० वटा सम्म परीक्षण गर्न सकिने गौतमले जानकारी दिनुभयो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा कोरोना भाइरस रोकथाम तथा उपचार समितिका संयोजक किरण गुरुङले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी प्रदेशमा रोक्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बतउनुभयो ।

रोगको समयमा नै पहिचान हुने भएकाले यसको न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “आवश्यक सुरक्षा सामग्री (पिपिई) सहित उपकरण तथा किट प्राप्त भएसँगै स्वास्थ्यकर्मीले यसको भरपुर उपयोग गरी जनताको सेवामा समर्पित बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले सङ्घबाट प्राप्त सामग्री बुझ्दै प्रदेशमा यसको सदुपयोग हुने बताउनुभयो । सबै मिलेर कोरोनाको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने बेला आएको बताउँदै उहाँले महामारीको यस घडीमा जनताको स्वास्थ्य सुरक्षातर्फ गम्भीर बन्नु अपरिहार्य भएको आवश्यकता औँल्याउनुभयो ।

पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले बिरामी भएर अस्पतालमा आउनेलाई उपचार नगरी फर्काउन नहुने उल्लेख गर्दै कोरोना सङ्क्रमणको उपचारका लागि सङ्घ सरकारबाट प्राप्त उपकरणलाई भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षालगायतमा सरकारको ध्यान पुग्नुपर्ने बताउँदै उपलब्ध सामग्रीले कोरोना महामारीको रोकथाममा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार उक्त मेसिन सञ्चालन गर्न पोखरामा दुईजना दक्ष प्राविधिक रहेका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष एवं सूचना तथा सञ्चार व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सङ्घ सरकारले उपलब्ध गराएको सामग्रीले प्रदेशवासीमा आशा एवं विश्वास जगाएको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी