Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

४ जनाको रिपोर्ट नेगेटिभ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङका एक युवा र युवतीसँगै काठमाडौंबाट पोखरासम्म सँगै एउटै विमानमा आएका जलजला धाईरिङका युवा र ती नै पोजेटिभ वाग्लुङकी युवतीका नातेदार जलजला नाग्लीवाङका अर्का युवाको रिपोर्ट नेगेटिभ आएको पर्वत कोरोना अस्पतालले जनाएको छ ।

ल्याव टेष्ट नेगेटिभ आए पनि उनीहरुलाई कम्तिमा १ हप्ता होम क्वारेन्टाइनमा सुरक्षित स्थानमा अनुरोध गरिएको अस्पतालले आग्रह गरेको छ । चारै जनालाइ्र्र डिस्चार्ज गरिएको छ ।