२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संक्रमित युवतीका परिवारमा छैन कोरोना

२०७६, १९ चैत्र बुधबार १५:२४

चैत १९, गलकोट | कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।  धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो । 

परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको  अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ । 

संक्रमित युवतीको स्वास्थावस्था सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना संक्रमण नहुन सक्ने आशा जागेको डा पोख्रेलले जानकारी दिनुभयो । 

ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाडौँकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार अन्य यात्रुको खोजी गर्ने क्रममा बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गर्दा कोरोना पुष्टि भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते