Skip to content
Friday, July 17, 2026 Nepali Online Media

घरधनीद्वारा एक महिनाको भाडा मिनाहा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, तनहुँ | व्यास–१ का तीन घरधनीले भाडामा बस्दै आएका विपन्न परिवारलाई एक महिनाको भाडा मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता व्यक्त गर्नेमा निर्मल पण्डित, बादल आले र राधिका थापा हुनुहुन्छ ।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन्

तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ ।

यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्याङ्कानुसार छ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

घर घरमा तरकारी आपूर्ति

व्यास–३ नं वडा कार्यालयले लक डाउनको अवधिभर वडाका घरघरमा तरकारी आपूर्ति गर्ने भएको छ । वडाध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार वडाभित्र रहेका आठ वटा टोल विकास संस्थाका पदाधिकारीसहितको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

लक डाउनको शुरुआतदेखि नै सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएकाले तरकारी पसल बन्द गरी टोलटोल र घरघरमा तरकारी उपलब्ध गराउने निर्णय भएको वडा सदस्य रवीन पौडेलले जानकारी दिनुभयो । रासस