२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नमूना सङ्कलन अभिमुखीकरण, प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्ला सहभागी

२०७६, २१ चैत्र शुक्रबार ०३:२५

चैत २१, प्युठान | प्रदेश नं ५, जनस्वास्थ्य प्रयोगशाला बुटवलको आयोजना र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा कोरोना भाइरसको नमूना सङ्कलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा रहेका प्रयोगशाला प्राविधिकको सहभागिता थियो । कार्यक्रममा प्यूठानका आठ, रोल्पाका तीन, दाङ र रुकुमपूर्वका एक/एक गरी १३ जनाको सहभागिता थियो । कोरोनाको नमूना सङ्कलनका लागि जोखिमरहित रहेर प्रयोगशालामा पठाउन र आ–आफ्नो कार्यस्थल तथा वरिपरि सुरक्षित कसरी रहने भन्ने विषयमा तालिम केन्द्रित थियो ।

कोरोना भाइरसका शङ्कास्पद सङ्क्रमितको जिल्लास्तरबाट नै स्वाब नमूना सङ्कलन कसरी गर्ने, सङ्कलन गरिएको नमूना कसरी सुरक्षित भण्डारण गर्ने र उचित मापदण्डका साथ कसरी ढुवानी गरी तोकिएको प्रयोगशालामा जाँच गर्न सहजरूपमा पठाउने भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । 

कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका ल्याब टेक्निसियन प्रेमकुमार यादव र कल्पना घिमिरेले गर्नुभएको थियो । प्रदेश नं ५ का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल बाँकेमा प्रयोगशाला बनाइने प्रदेशको सामाजिक विकास मन्त्रालयको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि