३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नमूना सङ्कलन अभिमुखीकरण, प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्ला सहभागी

२१ चैत्र २०७६, शुक्रबार ०३:२५

चैत २१, प्युठान | प्रदेश नं ५, जनस्वास्थ्य प्रयोगशाला बुटवलको आयोजना र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा कोरोना भाइरसको नमूना सङ्कलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा रहेका प्रयोगशाला प्राविधिकको सहभागिता थियो । कार्यक्रममा प्यूठानका आठ, रोल्पाका तीन, दाङ र रुकुमपूर्वका एक/एक गरी १३ जनाको सहभागिता थियो । कोरोनाको नमूना सङ्कलनका लागि जोखिमरहित रहेर प्रयोगशालामा पठाउन र आ–आफ्नो कार्यस्थल तथा वरिपरि सुरक्षित कसरी रहने भन्ने विषयमा तालिम केन्द्रित थियो ।

कोरोना भाइरसका शङ्कास्पद सङ्क्रमितको जिल्लास्तरबाट नै स्वाब नमूना सङ्कलन कसरी गर्ने, सङ्कलन गरिएको नमूना कसरी सुरक्षित भण्डारण गर्ने र उचित मापदण्डका साथ कसरी ढुवानी गरी तोकिएको प्रयोगशालामा जाँच गर्न सहजरूपमा पठाउने भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । 

कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका ल्याब टेक्निसियन प्रेमकुमार यादव र कल्पना घिमिरेले गर्नुभएको थियो । प्रदेश नं ५ का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल बाँकेमा प्रयोगशाला बनाइने प्रदेशको सामाजिक विकास मन्त्रालयको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही