Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कैलाली र कञ्चनपुरमा भेटिएका थप तीन संक्रमितको अवस्था सामान्य

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २२, कैलाली | कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताउनुभयो ।&nbsp;&nbsp;<br></p><p>शनिबार एकै दिन तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको जनाइएको छ । धनगढीका पहिलो सङ्क्रमित ३४ वर्षीया युवककी भाउजू, भारतको मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।&nbsp;</p><p>चौँतीस वर्षीया युवतीबाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट सङ्कलन गरिएको बताउँदै युवतीको नमूना सेती अस्पतालबाट सङ्कलन गरिएकोे जोशीले जानकारी दिनुभयो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । रासस&nbsp;</p>